News Summary
Generated by OK AI. Editorially reviewed.- मुम्बईको जुहू क्षेत्रमा आइतबार साँझ बलिउड अभिनेता टाइगर श्रफ सवार गाडीमा गोली प्रहार हुँदा उनी सुरक्षित रहे भने चालकसहित दुई जना घाइते भएका छन्।
- दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले पुष्पा पार्कनजिक श्रफको गाडीलाई लक्षित गरी गोली चलाएका थिए।
- मुम्बई प्रहरीले घटनास्थलमा अनुसन्धान गर्दै निगरानी क्यामेराका दृश्य जाँच गरी आक्रमणकारीको खोजी गरिरहेको छ।
बलिउड अभिनेता टाइगर श्रफमाथि भारतको मुम्बईस्थित जुहू क्षेत्रमा गोली प्रहार भएको छ । आइतबार साँझ भएको घटनामा उनी सुरक्षित रहे पनि उनका गाडी चालकसहित दुई जना घाइते भएका छन् ।
भारतीय सञ्चारमाध्यम अनुसार दुईपाङ्ग्रे सवारीसाधनमा आएका तीन जना अपरिचित व्यक्तिले श्रफ सवार गाडीलाई लक्षित गरी गोली चलाएका थिए ।
जुहूस्थित पुष्पा पार्कनजिक फुटबल खेलेर घर फर्किने क्रममा श्रफको गाडीमाथि गोली प्रहार भएको हो । गोली प्रहारबाट श्रफलाई भने चोट लागेको छैन ।
उनका गाडी चालक र एक रिक्साचालक घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ । घटनापछि मुम्बई प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानमा जुटेको छ ।
प्रहरीको अपराध अनुसन्धान शाखाले घटनास्थल आसपासका निगरानी क्यामेराका दृश्य जाँच गरी आक्रमणमा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4