News Summary
Generated by OK AI. Editorially reviewed.- इरानका विदेशमन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको र सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन्।
- उनले इरानका सर्तहरू सात दिनको योजनाका रूपमा अमेरिकालाई दिएको र ती पालना भएमा छैटौं दिनमा होर्मुज स्ट्रेट खोलिने बताए।
- अरागचीले धम्कीका अगाडि नझुक्ने बताउँदै इरानको रक्षा तयारी अघिल्ला युद्धहरूको तुलनामा धेरै बलियो रहेको उल्लेख गरे।
२ कात्तिक, काठमाडौं । इरानका विदेश मन्त्री अब्बास अरागचीले अमेरिकाको नयाँ प्रस्तावमाथि अझै प्रतिक्रिया नदिएको बताएका छन् । उनले केही सर्त पूरा भएमा मात्र कुराकानी सुरु हुने बताएका छन् ।
इस्लामिक सहयोग संगठनको बैठकमा पत्रकारहरूसँग कुरा गर्दै उनले इरानका सर्तहरू स्पष्ट रहेको बताए । उनले ती सर्तहरू सात दिनको योजनाको रूपमा अमेरिकालाई दिएको जानकारी दिए ।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै उक्त सात दिनको योजनालाई अस्वीकार गरिसकेका छन् । त्यसपछि इरानले अमेरिकाबाट नयाँ प्रस्ताव पाएको हो ।
बीबीसीका अनुसार, अब्बास अरागचीले भने, ‘हामीले आफ्ना सर्तहरू राख्यौँ, अमेरिकाले आफ्नो मत दियो र हामी अहिले यसको समीक्षा गर्दैछौँ ।’ उनले सात दिनको योजना अझै पनि छलफलमा रहेको बताए ।
उनले थप भने, ‘यदि अमेरिकाले इमानदारी देखाउँछ भने अगाडिको बाटो स्पष्ट छ ।’
सर्तहरू पालना भएमा छैटौं दिनमा होर्मुज स्ट्रेट खोलिने र सातौं दिनमा कुराकानी सुरु हुने उनले बताए ।
अब्बास अरागचीले धम्कीका अगाडि नझुक्ने स्पष्ट पारे । इरानको रक्षा तयारी अघिल्ला युद्धहरूको तुलनामा धेरै बलियो रहेको उनको भनाइ छ ।
प्रतिक्रिया 4