+
+
Shares

कांग्रेसले गरेन चियापान कार्यक्रम

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ६:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै यस वर्ष कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम नगर्ने भएको छ।
  • कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले भोटेकोशी र बूढीगण्डकी बाढीले ठूलो जनधनको क्षति भएको भन्दै कात्तिक १ गते विज्ञप्ति जारी गरेका थिए।
  • बीपी कोइरालाले ०३४ सालको कोजाग्रत पूर्णिमामा चियापान समारोह शुरू गरेपछि कांग्रेसले हरेक वर्ष उक्त कार्यक्रम गर्दै आएको थियो।

८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ ।

बीपी कोइरालाको पालादेखि हरेक वर्ष कोजाग्रत पूर्णिमाको दिन चियापान गर्दै आएको कांग्रेसले यस वर्ष प्राकृतिक विपत्तीका कारण देश शोकमा रहेको भन्दै चियापान कार्यक्रम आयोजना नगरेको हो ।

‘भोटेकोशीमा आएको बाढीले हाम्रा १४ सय बढी आफन्तको मृत्यु र पाँच हजारभन्दा बढी बेपत्ता रहेको अवस्था छ भने बूढीगण्डकीमा आएको बाढीले थप जनधनको क्षति गरेको छ । यस्तो दु:खद घडीमा कोजाग्रत पूर्णिमाको चियापान कार्यक्रम यसपालि आयोजना नगरिने…,’ कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले कात्तिक १ गते नै विज्ञप्ति जारी गर्दै भनेका थिए ।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले ०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि ०३४ सालको कोजाग्रत पूर्णिमाको दिन चियापान समारोह आयोजना गरेका थिए । त्यसपछि कांग्रेसले हरेक वर्ष चियापान कार्यक्रम गर्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?