+
+
Shares

आज कोशी र गण्डकीका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना

आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते ५:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मौसम विज्ञान विभागले आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको जनाएको छ ।
  • महाशाखाले देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहने र बिहान तराई, उपत्यका तथा खोँचमा लागेको हुस्सु वा कुहिरो केहीबेरमै हट्ने पूर्वानुमान गरेको छ ।
  • मौसमविद्हरूले आगामी बुधबार वा बिहीबारदेखि देशभर वर्षाको सम्भावना रहेको जनाएका छन् ।

८ कात्तिक, काठमाडौं । आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सामान्यतया सफा हुने महाशाखाको पूर्वानुमान छ ।

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव छ । अहिले बिहानपख तराई भूभाग, उपत्यका तथा खोँचहरुमा हुस्सु वा कुहिरो लागेको छ । यो हुस्सु–कुहिरो केहीबेरमै हट्दै जानेछ ।

राति भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागमा आंशिक बादल लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य स्थानमा भने मौसम सफा रहने पूर्वानुमान छ ।

आगामी बुधबार वा बिहीबारदेखि भने देशभर वर्षाको सम्भावना रहेको मौसमविदहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?