+
+
Shares

पार्टीमा खगेन्द्र सुनारको इन्कारी पत्र, स्वीकारेनन् महिलासँगको विवादित संवाद

अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ८ गते १३:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रास्वपा सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादबारे पार्टीको अनुशासन आयोगमा लिखित इन्कारी पत्र बुझाएका छन् ।
  • अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराईका अनुसार सुनारले अडियोको बोली आफ्नो नभएको दाबी गरेका छन् ।
  • छानबिन समितिले जनआस्थासँग सम्पादनअघि अडियो र न्युज २४सँग अन्तर्वार्ताको अडियो मागेर स्वतन्त्र प्रमाणको खोजी थालेको छ ।

८ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादका विषयमा पार्टीमा लिखित इन्कारी पत्र पेश गरेका छन् ।

सुनार र एक महिलाबीचमा भएको भनिएको संवादबारे पार्टीको अनुशासन आयोगलाई उनले लिखित इन्कारी पत्र पेश गरेका हुन् ।

अनुशासन आयोगले गठन गरेको छानबिन समितिलाई सुनारले संवादको बोली आफ्नो नभएको दाबी गरेका छन् ।

अनुशासन आयोगका उपप्रमुख एवं छानबिन समिति संयोजक समेत रहेका अधिवक्ता हरिचन्द्र भट्टराईले सुनारले इन्कारी लिखित पत्र आएको जानकारी दिए ।

भट्टराईले अनलाइनखबरसँग भने, ‘उहाँले इन्कारी गर्नुभएको छ । त्यो बोली मेरो होइन भन्ने कुराहरू गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा राखेका विषयहरू नै लिखित पत्रमा मोटामोटी आएको छ ।’

सुनारले इन्कार गरेपछि समितिले स्वतन्त्र प्रमाणको खोजी सुरु गरेको छ ।

विवादित अडियो सार्वजनिक भएसँगै सुनारले उक्त अडियो एआई निर्मित भएको दाबी सहितको प्रतिवाद गरेका थिए । प्रहरीमा भएको भ्रष्टाचारको मुद्दा  उठाएपछि आफूमाथि निरन्तर प्रहार भइरहेको सुनारको जिकिर छ ।

काल्पनिक महिलासँगको अडियो सार्वजनिक गरिएको दाबी गर्दै सामाजिक सञ्जालमा सुनारले लेखेका थिए, ‘सार्वजनिक भएका सबै आरोपहरू झुटो हुन् । एआई लगायत प्रविधिका प्रयोग गरेर बनाइएका प्रचारहरू हुन् ।’

पार्टीबाट गठित छानबिन समितिले अडियो प्रसारण गर्ने जनआस्था पत्रिकासँग सम्पादन हुनु अघिको अडियो लिएको छ । साथै, पीडित भनिएकी महिलाको भनि प्रसारित अन्तर्वार्ताको अडियो प्राप्त गर्न समितिले न्युज २४ लाई पत्राचार गरेको छ । आरोपित सुनारको इन्कारी पत्र र महिलाको अन्तर्वार्तामा राखेका विचारले छानबिनको कार्यलाई जटिलता थपेको समितिले जानकारी गराएको छ ।

‘जनआस्थाको अडियोलाई आन्तरिक रुपमा भेरिफाई गर्ने कार्य गर्छौं । त्यसमा केही जटिलता आयो भने प्राविधिक जाँचका लागि सम्बन्धित निकार्यमा पत्राचार गर्छौं,’ छानबिन समितिका संयोजक भट्टराईले भने, ‘हाम्रो तर्फबाट प्राविधिक जाँच गरिसकेपछि उहाँ (सुनार) लाई सोधपुछ गर्छौं । प्राविधिक जाँचमा समय कति लाग्छ । त्यसमा निर्भर हुन्छ । अन्य हिसाबमा हामी धेरै पर पुगेका छौं । प्राविधिक जाँचलाई हामीले छोट्याउन सक्ने कुरा भएन । अन्यथा, छिट्टै काम सक्छौं ।’

अडियो सार्वजनिक भए लगत्तै रास्वपाले चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो ।

उक्त छानबिन निष्कर्षमा नपुग्दासम्मका सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?