+
+
Shares

रोल्पाका ५२ विपद् पीडित परिवारलाई आर्थिक सहयोग

रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते ८:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रोल्पा-काठमाडौं सम्पर्क समितिले रोल्पाका ५२ विपद् पीडित परिवारलाई लिबाङमा आयोजित कार्यक्रममा आर्थिक सहयोग वितरण गरेको छ।
  • थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई प्रति परिवार ११ हजार ५ सय रुपैयाँ उपलब्ध गराइएको छ।
  • समितिका इन्चार्ज जेपी रोकामगरले सहयोगका लागि आर्थिक संकलन अभियान चलाइएको र संकलित रकम पीडित परिवारलाई दिइएको जानकारी दिए।

९ कात्तिक, रोल्पा । रोल्पाका ५२ जना विपद् पीडित परिवारलाई रोल्पा-काठमाडौं सम्पर्क समितिले आर्थिक सहयोग गरेको छ ।

थबाङ, सुनछहरी र लुङ्ग्री गाउँपालिकाका विपद् पीडित परिवारलाई समितिले रोल्पाको लिबाङ्मा एक कार्यक्रमको आयोजना गरी सहयोग वितरण गरेको हो ।

समितिले विपद् पीडितहरूका लागि सहयोग गर्नका लागि आर्थिक संकलन अभियान चलाएको थियो । अभियानबाट संकलन भएको रकम पीडित परिवारलाई उपलब्ध गराइएको समितिका इन्चार्ज जेपी रोकामगरले जानकारी दिए।

रोल्पामा बाढीपहिरो लगायत अन्य विपद्‍मा परी ५२ परिवार प्रभावित भएका छन् । प्रति परिवार ११ हजार ५ सयका दरले आर्थिक रकम उपलब्ध गराइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?