+
+
Shares

प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान

सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्वोच्च अदालतका लागि सिफारिस चार न्यायाधीशविरुद्ध संघीय संसद्को संसदीय सुनुवाइ समितिले १० दिनभित्र सूचना वा उजुरी आह्वान गरेको छ।
  • न्याय परिषद्ले २० असोजमा रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो।
  • समितिले उजुरीकर्ताको नाम, थर, वतन र फोन नम्बर खुलाउन भनेको छ, तर चाहेमा नाम गोप्य राखिनेछ।

९ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध उजुरी आह्वान भएको छ ।

गत २० असोजमा बसेको न्याय परिषद्को बैठकले उच्च अदालतका चार न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । जसमा उच्च अदालत पोखराका मुख्य न्यायाधीश रत्नबहादुर बागचन्द, उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगी छन् ।

पाण्डे उच्च अदालत, पाटनको हेटौंडा इजलासका न्यायाधीश हुन् भने सारू उच्च अदालत पाटनका न्यायाधीश हुन् । डाँगी यसअघि उच्च अदालत, जनकपुरको अस्थायी इजलास वीरगञ्जका न्यायाधीश थिए ।

न्यायाधीशमा सिफारिश चारै जनाको संसदीय सुनुवाइको प्रक्रिया अगाडि बढेको छ ।

यसक्रममा संघीय संसद्को संसदीय सुनुवाइ समितिले सोमबार सूचना प्रकाशित गरेर १० दिनभित्र कुनै सूचना वा उजुरी भए दिन भनेको हो ।

सोझै समितिको सचिवालय पुगेर वा कुनै जिल्ला प्रशासन कार्यालयमार्फत पनि सूचना वा उजुरी दिन सकिन्छ ।

‘सूचनामा भनिएको छ, ‘… देहाय बमोजिमका व्यक्तिलाई देहाय बमोजिमको पदमा नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुत प्रमाण सहित शिष्ट र मर्यादित भाषामा यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० (दश) दिनभित्र कार्यालय समयमा निम्न ठेगानामा वा सोझै समितिको सचिवालयमा वा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

सूचना दिने सूचनादाताले आफ्नो नाम, थर, वतन र फोन नम्बर स्पष्ट रूपमा खुलाउनुपर्ने हुन्छ । उजुरीकर्ताले चाहेमा नाम गोप्य राखिनेछ ।

उजुरी प्राप्त भएपछि सुनुवाइ समितिले उजुरीकर्तासँग छलफल गर्नेछ । त्यसपछि प्रस्तावित न्यायाधीशरूको सुनुवाइ हुनेछ ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधीशमा नियुक्ति हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?