News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशीको भीषण बाढीमा बेपत्ता भएका प्रहरी जवान मिलन श्रेष्ठको शव नफेला परेपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ।
- भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए र गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन भएका थिए।
- परिवारले दुई महिनासम्म खोजी गर्दा पनि उनको अवस्था पत्ता नलागेपछि अन्तिम संस्कार गरेको हो।
९ कात्तिक, रुकुमपूर्व । भोटेकोशीमा आएको भीषण बाढीमा परी दुई महिनादेखि बेपत्ता रहेका प्रहरी जवान मिलन श्रेष्ठको शव नभेटिएपछि परिवारले कुशको शव बनाएर अन्त्येष्टि गरेको छ ।
भूमे गाउँपालिका–३ झुम्लाबाङका २३ वर्षीय श्रेष्ठ रसुवागढी प्रहरी चौकीमा कार्यरत थिए । करिब एक वर्षदेखि त्यहाँ कार्यरत उनी गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका थिए ।
बाढीपछि परिवारले उनको खोजी जारी राखे पनि दुई महिनासम्म अवस्था पत्ता लाग्न सकेन ।
लामो समयसम्म खोजी गर्दा पनि कुनै जानकारी नपाएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4