+
+
WC Series
लुम्बिनी लायन्स 2026
0/0
VS
सुदूरपश्चिम रोएल्स 2026
0/0
Shares

पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा अटो रिक्सा सडकबाट करिब १५० मिटर तल खस्दा ६ जना घाइते भएका छन्।
  • दुर्घटनामा ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएकी छन् भने पाँच जना मध्यम र सामान्य घाइते भएका छन्।
  • प्रहरीले घाइतेहरूलाई उद्धार गरी मिसन अस्पताल पाल्पामा उपचारका लागि पठाएको छ।

९ कात्तिक, बुटवल । पाल्पामा अटो रिक्सा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ बल्घामा भएको दुर्घटनामा घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बिहान करिब ११ बजे बल्घाबाट कटौजे तर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको अटो आफैँ अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटना भएको हो ।

अटोमा चालकसहित आठ जना सवार रहेकोमा छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–३ का ३८ वर्षीया यमकला खाम्चा गम्भीर घाइते भएकी छन् ।

त्यस्तै, सोही स्थानका २४ वर्षीय फर्सबहादुर नेपाली, २५ वर्षीया बसन्ती बराल, ३२ वर्षीया हरिकला सारु र २५ वर्षीया मन्जु दर्लामी मध्यम घाइते भएका छन् । छ वर्षीय इजन खाम्चा सामान्य घाइते भएका छन् ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मुझुङबाट खटिएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पाल्पा पठाइएको थियो । सबै घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी भिललाल भट्टराईका अनुसार अटो अनियन्त्रित भई सडकबाट तल खस्दा दुर्घटना भएको हो । घाइतेहरूको मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?