+
+
Shares

सिद्धबाबा नजिकै बसको ठक्करले स्कुटरमा सवार महिलाको मृत्यु

मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ९ गते २०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिक बसको ठक्करबाट स्कुटरमा सवार गुल्मीकी ३७ वर्षीया माया कुवँरको मृत्यु भएको छ।
  • सोही दुर्घटनामा स्कुटर चालक ३६ वर्षीया केशरी कुवँर घाइते भएकी थिइन् र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
  • दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

९ कार्तिक, पाल्पा। पाल्पामा बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोक निवासी ३७ वर्षीया माया कुवँर रहेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्ड अन्तरगत पाल्पाको तिनाउ गाउँपालिका–३ माथिल्लो सिद्धबाबा नजिकै गुल्मीदेखि पाल्पा हुँदै बुटवलतर्फ जाँदै गरेको लु ९० प ४२७४ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको लु १ ख ९२७६ नम्बरको बसले ठक्कर दिएर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार स्कुटरको पछाडि सवार कुँवर र स्कुटर चालक गुल्मीको इस्मा गाउँपालिका–४ निवासी ३६ वर्षीया केशरी कुवँर घाइते भएका थिए। दुर्घटनापछि प्रहरी चौकी दोभानबाट खटिएको प्रहरी टोलीले दुवै जना घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल पठाएको थियो।

उपचारका क्रममा मायाको मृत्यु भएको र स्कुटर चालक केशरीको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भीमलला भट्टराईले जानकारी दिए । दुर्घटनामा संलग्न बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान जारी हरको पाल्पा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?