+
+
Shares

‘बिग बोस २०’ को नयाँ क्याप्टेन बनिन् कनिका मान, टास्कका क्रममा झगडा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते ११:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’मा कनिका मानले लव गिल र आसिफ खानलाई पछि पार्दै क्याप्टेन्सी टास्क जितेर नयाँ क्याप्टेन बनेकी छिन्।

सलमान खानको रियालिटी शो ‘बिग बोस २०’ यतिबेला चर्चामा छ । शोमा दिनहुँ नयाँ ट्विस्ट र उतारचढाव देखिन थालेका छन् । पछिल्लो एपिसोडमा घरका सदस्यहरूबीच ‘क्याप्टेन्सी टास्क’ अर्थात कप्तान बन्ने कार्य भएको थियो । यसमा सबै प्रतियोगी एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका देखिए ।

टास्कका क्रममा यङ डीएसए र गुल्लूबीच झगडा भयो । त्यस्तै, स्काउट ओपी र अरिश्फा खानबीच पनि विवाद देखियो । यसैबीच घरले नयाँ क्याप्टेनसमेत पाएको छ । सबै प्रतियोगीलाई पछि पार्दै एक सदस्यले ‘क्याप्टेन्सी टास्क’ जितेका छन् ।

को बन्यो नयाँ क्याप्टेन ?

पछिल्लो एपिसोडमा प्रतियोगीहरूबीच क्याप्टेन बन्न प्रतिस्पर्धा भएको थियो । क्याप्टेन्सी टास्कमा सबै प्रतियोगीलाई निश्चित आकारको एउटा बक्सभित्र उभिनुपर्ने नियम थियो । नियमअनुसार बक्सबाट बाहिरिने दुई सदस्य क्याप्टेन बन्ने प्रतिस्पर्धाबाट बाहिरिन्थे।

यसरी एकपछि अर्को गर्दै सबै प्रतियोगी बाहिरिए । अन्तिम चरणमा लव गिल, आसिफ खान र कनिका मानबीच प्रतिस्पर्धा भएको थियो । यस क्रममा लव र आसिफ बाहिरिएपछि कनिका मान घरको नयाँ क्याप्टेन बनेकी छिन् । उनले सबैलाई पछि पार्दै क्याप्टेन्सी टास्क जितिन्।

प्रतियोगीहरूबीच झगडा

क्याप्टेन्सी टास्कका क्रममा गुल्लू र यङ डीएसएबीच झगडा भयो । टास्कबाट गुल्लू बाहिरिनेबित्तिकै यङले उनीमाथि व्यङ्ग्य गर्दै हाँस्न थाले । त्यसपछि गुल्लू रिसाए र यङलाई धक्का दिए । यससँगै दुवैबीच विवाद चर्कियो।

अर्कोतर्फ, यही टास्कका क्रममा स्काउट ओपी र अरिश्फा खानबीच पनि भनाभन भयो । टास्कका क्रममा अरिश्फाको घुँडा स्काउटको अनुहारमा लागेको थियो। त्यसपछि दुवैबीच विवाद सुरु भएको थियो।

को-को  परे मनोनयनमा ?

यस साता घरबाट बाहिरिने प्रक्रियाका लागि ६ जना प्रतियोगी मनोनयनमा परेका छन् । मनोनयनमा पर्नेहरूमा स्काउट ओपी, आम्रपाली दुबे, लवप्रीत गिल, गुल्लू, कनिका मान र आसिफ खान रहेका छन्।

बाँकी प्रतियोगी भने मनोनयनबाट सुरक्षित भएका छन् । आगामी ‘विकेन्डका वार’ कार्यक्रममा सलमान खानले मनोनयनमा परेका प्रतियोगीमध्ये एक जना घरबाट बाहिरिएको घोषणा गर्नेछन् । त्यसपछि एक प्रतियोगीको बिग बोस २० को यात्रा समाप्त हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?