News Summary
Generated by OK AI. Editorially reviewed.- शुक्रबार सेयर बजार बन्द हुँदा नेप्से ५.४५ अंक घटेर २६९० अंकमा अडियो, तर कारोबार रकम ८ अर्ब ८९ करोड पुगेको छ।
- यो कारोबार रकम वैशाख ३ यताकै उच्च र ७ महिनायताकै धेरै हो, अघिल्लो दिन ८ अर्ब ५५ करोडको कारोबार भएको थियो।
- आज विकास बैंक समूहको सूचक १.६१ प्रतिशत बढ्यो भने बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ।
१३ कात्तिक, काठमाडौं । शुक्रबार कारोबारका क्रममा सेयर बजार धेरैजसो समय २७ सयमाथि रह्यो ।
साढे १२ बजे बजार परिसूचक नेप्से २७१२ अंकसम्म पुगेको थियो । तर बजार बन्द हुँदा भने नेप्से २६९० अंकमा अडियो अर्थात् अघिल्लो दिनको तुलनामा शुक्रबार नेप्से ५.४५ अंक घट्यो ।
अघिल्लो दिन नेप्से ३१ अंक बढेर २६९५ अंकमा कायम भएको थियो । बजार परिसूचक नेप्से घटे पनि आज कारोबार रकम ७ महिनायताकै उच्च भएको छ । आज ८ अर्ब ८९ करोडको कारोबार भयो । यो कारोबार रकम वैशाख ३ यताकै उच्च हो । सो दिन ९ अर्ब ३१ करोडको कारोबार भएको थियो । अघिल्लो दिन ८ अर्ब ५५ करोडको कारोबार भएको थियो ।
१०२ कम्पनीको मूल्य बढ्यो भने १६९ को घट्यो । त्यस्तै ८ कम्पनीको मूल्य स्थिर रह्यो । आज विकास बैंक समूहमा आकर्षण देखिएको छ । सो समूहगत सूचक सबैभन्दा धेरै १.६१ प्रतिशत बढ्यो । त्यस्तै निर्जीवन बीमा ०.३०, अन्य ०.१५ तथा व्यापार ०.२५ प्रतिशत बढे ।
बैंकिङ ०.४४, फाइनान्स ०.४७, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.५७, लगानी ०.२२, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.३८ र माइक्रोफाइनान्स समूह ०.१२ प्रतिशत घटे ।
हालै सूचीकृत बेनी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढ्यो । त्यस्तै स्वाभिमान लघुवित्तको १२.११, लुम्बिनी विकास बैंकको ७, ग्रिन डेभलपमेन्ट बैंकको ६.६४, सप्तकोशी विकास बैंकको ५.४४, मेरो माइक्रोफाइनान्सको ३.७३, रसुवागढी हाइड्रोपावरको ३.५९ प्रतिशत मूल्य बढ्यो ।
मेन्छियाम हाइड्रोपावरको मूल्य ४.०८, सुपर खुदी हाइड्रोपावरको ३.७८, सोपान फर्मास्युटिकल्सको ३.५२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा लुम्बिनी विकास बैंक, शिवम् सिमेन्ट, घलेम्दी हाइड्रोपावर, ग्रिन भेन्चर्स, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक, रिलायन्स स्पिनिङ मिल्स तथा सोनापुर मिनरल्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4