News Summary
Generated by OK AI. Editorially reviewed.- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका ७७ जिल्लाका ७५३ स्थानीय तहमा रहेका चौताराको अद्यावधिक विवरण संकलन गर्ने निर्णय गरेको छ।
- मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटाले सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्र लेखेका छन्।
- संघीय मामिला मन्त्रालयले सबै गाउँपालिका र नगरपालिकालाई ईमेलमार्फत चौतारोको विवरण संकलनका लागि सहजीकरण गर्न पत्र पठाएको छ।
१३ कात्तिक, काठमाडौं । सरकारले देशभर रहेका चौताराको विवरण संकलन गर्दैछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले चौतारोको विवरण संकलन गर्न लागेको हो ।
यस निम्ति सहजीकरण गरिदिन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका पुरातत्व अधिकृत भीष्म बाँस्कोटा पत्र लेखेका छन् ।
‘नेपालका ७७ वटै जिल्ला तथा ७५३ स्थानीय तहमा रहेका चौतारोको अद्यावधिक विवरण संलग्न ढाँचामा माग गर्न भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् पत्राचार गर्न अनुरोध गर्ने भनी मिति २०८३÷७÷९ मा निर्णय (सचिवस्तर) भएको’ पत्रमा उल्लेख छ ।
पत्रका साथमा विवरण संकलनको फाराम समेत समावेश गरिएको छ ।
यो पत्र अनुसार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको प्रदेश तथा स्थानीय तह समन्वय शाखाले सबै स्थानीय तहलाई सहजीकरण गरिदिन पत्राचार गरेको छ ।
सबै गाउँपालिका र सबै नगरपालिकालाई पत्र पठाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका शाखा अधिकृत प्रकाश पन्थी पन्थीले सबै स्थानीय तहमा पत्र पठाएका हुन् ।
‘नेपालका ७७ वटै जिल्ला तथा ७५३ स्थानीय तहमा रहेका चौताराको अद्यावधिक विवरण संकलन गर्ने कार्यमा सहजीकरण गरिदिने सम्बन्धी पत्र र चौताराको विवरण (ईन्भेन्ट्री) सम्बन्धी अद्यावधिक फारामको छायाँप्रति यसै पत्रसाथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ’ स्थानीय तहलाई पठाएको पत्रमा उल्लेख छ । यो पत्र सबै स्थानीय तहमा ईमेलमार्फत पठाइएको छ ।

प्रतिक्रिया 4