News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले ४९ बलमा अर्धशतक पूरा गरे।
- टस हारेर ब्याटिङ गरेको जनकपुरले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर १०१ रन बनायो।
- जनकपुरबाट मोइन अली २१, सैफ हस १, हर्मीत सिंह ९ र अनिलकुमार शाह ९ रनमा आउट भए।
१५ कात्तिक, काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सका ओपनर तृतराज दासले अर्धशतक पूरा गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा तृतले ४९ बलमा अर्धशतक बनाएका हुन् ।
उनले ६ चौका र एक छक्का प्रहार गरे । टस हारेर ब्याटिङ थालेको जनकपुरले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर १०१ रन बनाएर खेलिरहेको छ । जनकपुरका मोइन अली २१, सैफ हस एक, कप्तान हर्मीत सिंह ९ र अनिलकुमार शाह ९ रनमा आउट भइसकेका छन् ।
प्रतिक्रिया 4