+

तृतराजको अर्धशतकको मद्दतमा जनकपुरले दियो १४८ रनको लक्ष्य

२०८३ कात्तिक  १५ गते १८:४० २०८३ कात्तिक १५ गते १८:४०

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तृतराज दासको ६१ रनको मद्दतमा जनकपुर बोल्ट्सले त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सलाई १४८ रनको लक्ष्य दिएको छ।
  • जनकपुरले टस हारेर ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनाएको छ।
  • पोखराका लागि शाकिब अल हसनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिए।

१५ कात्तिक, काठमाडौं । ओपनर तृतराज दासको अर्धशतकको मद्दतमा जनकपुर बोल्ट्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्ससामु १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४७ रन बनायो ।

जनकपुरका लागि ओपनर तृतराज दासले ५५ बलमा ६१ रनको योगदान दिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । उनले पहिलो विकेटका लागि मोइन अलीसँग ४७ रनको साझेदारी गरे । मोइन १६ बलमा २१ रन बनाएर आउट भए ।

अभिषेक तिवारीले आक्रामक ब्याटिङ गरे । उनी १० बलमा २४ रनमा अविजित रहे । सैफ हस एक, कप्तान हर्मीत सिंह ९, जिम्मी निशम ११, अमरसिंह रौटेला र अनिलकुमार शाह ९ रनमा आउट भए ।

पोखराका लागि सबै विकेट विदेशी खेलाडीले लिए । शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा १५ रन खर्चिएर ३ विकेट लिएका हुन् । चमिका करुणारत्ने २, महेदी हसन, र मोहम्मद सैफुद्दिनले एकएक विकेट लिए ।

पहिलो खेलमा पराजित पोखरा पहिलो जितको खोजीमा हुनेछ । एक खेलमा जित र एक खेलमा हार बेहोरेको जनकपुर दोस्रो जित निकाल्न चाहन्छ ।

 

एनपीएल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय