+
+
Shares

४१५ रुपैयाँको खानेतेल किनेका गौरीशंकरले जिते १० लाख रुपैयाँ  

४१५ रुपैयाँमा तोरीको तेल किनेका धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ का गौरीशंकर पण्डितले १० लाख रुपैयाँ जिते ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते ११:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनुषाका गौरीशंकर पण्डितले ललितपुरको बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किन्दा करदाता प्रोत्साहन कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ जिते।
  • आन्तरिक राजस्व विभागले आज विजेताको नाम घोषणा गरेको हो।
  • पण्डितले १० लाखको विजेता बन्दा अत्यन्त खुसी लागेको बताउँदै सामान किन्दा अनिवार्य बिल लिनुपर्ने बानी बसाल्न सबैलाई अनुरोध गरे।

१६ कात्तिक, काठमाडौं । ४१५ रुपैयाँको सामान किनेका धनुषाका एक युवकले १० लाख रुपैयाँको उपहार जितेका छन् ।

धनुषाको नगराइन नगरपालिका वडा नम्बर ९ घोरघास घर भई हाल ललितपुरमा बस्दै आएका गौरीशंकर पण्डितले करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत १० लाख रुपैयाँको उपहार जितेका हुन् ।

उनले यही कात्तिक ५ गते ललितपुरको धापाखेलस्थित बिगमार्टबाट ४१५ रुपैयाँको तोरीको तेल किनेका थिए । उनले ई–सेवाबाट रकम भुक्तानी गरेका थिए ।

आज आन्तरिक राजश्व विभागले विजेताको नाम घोषणा गर्दा पण्डितले १० लाख रुपैयाँ जितेका हुन् ।

अनलाइनखबरसँग कुरा गर्दै पण्डितले १० लाखको बिजेता बन्दा अत्यन्त खुसी लागेको बताउँदै सामान किन्दा अनिवार्य बिल लिनुपर्ने बानी बसाल्न सबैलाई अनुरोध गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?