+
+
Shares
बक्स अफिस :

 कबड्डीले १० दिनमा १० करोड कमाउँदा अरू फिल्मको कमाइ कति ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १२:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दसैंमा प्रदर्शनमा आएका सिक्वेल फिल्ममध्ये ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले १० दिनमा १० करोड रुपैयाँ कमाएर अग्रता लिएको छ।
  • चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टअनुसार ‘कबड्डी’ले हालसम्म १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ र ३ लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ।
  • बोर्डका अनुसार ‘गौंथली’ले हालसम्म ३६ करोड ७ लाख रुपैयाँभन्दा बढी कमाएर प्रदर्शनमा आएका फिल्ममध्ये शीर्षस्थानमा छ।

दसैंको मौका छोपेर चारवटा नेपाली फिल्म तँछाडमछाड गर्दै प्रदर्शनमा आए । कोभन्दा को कम शैलीमा आएका यी फिल्महरूको ओठतालु त्यसबेला सुक्यो, जब अपेक्षाअनुसार टिकट बिक्री गर्न सकेनन् । जबकि यसरी प्रदर्शनमा आएका फिल्महरू सिक्वेल थिए, जसको पहिलो भाग धुमधामसँग चलेको थियो ।

यो लस्करमा ‘आ बाट आमा’, ‘छ माया छपक्कै’, ‘१२ गाउँ’ र ‘कबड्डी’ थिए । ‘कबड्डी’को यो पाँचौँ संस्करण थियो भने बाँकी फिल्मको नामसँग ‘२’ अंक जोडिएको थियो । अर्थात् ती तीन फिल्मका दोस्रो सिक्वेल थिए ।

यी फिल्महरूको अंकगणित त्यति उत्साहजनक देखिएन । केही दिनको अघिपछि गरेर हलमा आएको ‘कबड्डी’ले भने सुरुवाती प्रदर्शनमा राम्रै संकेत देखायो । तुलनात्मक रूपमा उच्च शो पाएको ‘कबड्डी : आफ्टर द फाइनल म्याच’ले अन्ततः १० दिनमा १० करोड कमाइ गर्दै अरूलाई पछाडि पारेको छ ।

चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने बक्स अफिस रिपोर्टअनुसार हालसम्म ‘कबड्डी’ले १० करोड ७६ लाख ७३ हजार ७१५ रुपैयाँ कमाइ गरेको छ । उसले ३ लाख ४६ हजारभन्दा बढी टिकट बिक्री गरेको छ ।

रमाइलो संयोग चाहिँ के भने दयाहाङ राई केन्द्रीय भूमिकामा रहेको ‘कबड्डी’लाई दयाहाङ अभिनित अर्को फिल्म ‘पेन्सन पट्टा’ले पछ्याइरहेको छ । उक्त फिल्मले १० करोड २८ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।

यसपछिको सूचीमा छ, ‘आ बाट आमा-२’ । यसको हालसम्मको कमाइ ६ करोड २४ लाख ७० हजार रुपैयाँभन्दा बढी छ । यस्तै, ‘बा एक योद्धा’ले ३ करोड ५४ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ । त्यसपछि ‘छ माया छपक्कै-२’ले ३ करोड ३४ लाख रुपैयाँ कमाएको छ ।

यो सूचीको अन्तिममा छ, ‘१२ गाउँ-२’ । यो फिल्मले २ करोड २९ लाख रुपैयाँभन्दा बढी कमाइ गरेको छ ।

हालसम्म प्रदर्शनमा आएका फिल्ममध्ये ‘गौंथली’ शीर्षस्थानमा छ । यो फिल्मले २६ करोड ७ लाख रुपैयाँभन्दा बढी कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?