+
+
Shares

इरानमाथि आक्रमण गर्न नेतान्याहुको दबाब

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १३:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको प्रतिवेदनले जनाएको छ।
  • शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे फोनमा छलफल भएको थियो, र ट्रम्पले आइतबार फोन वार्ता 'धेरै राम्रो' भएको बताए।
  • अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन्।
  • इरानी विदेशमन्त्री अब्बास अराघचीले वार्तामा सहमति नभएको र कूटनीतिक समाधानका लागि प्रयास भइरहेको बताएका छन्।

१६ कात्तिक, वासिङ्टन (रासस/एएनआई)। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी मध्यावधि निर्वाचनलगत्तै इरानमाथि सैन्य कारबाही पुनः सुरु गर्न राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गरेको एक प्रतिवेदनले जनाएको छ ।

समाचार संस्था एक्सियोसका अनुसार शनिबार दुई नेताबीच इरानसँगको वार्ता र सम्भावित सैन्य कारबाहीबारे टेलिफोनमा छलफल भएको थियो । ट्रम्पले भने आइतबार फोन वार्ता ‘धेरै राम्रो’ भएको बताए।

नेतान्याहु सैन्य कारबाहीका पक्षमा रहनुभएको र ट्रम्प तत्काल वार्ता जारी राख्न चाहनुभएको प्रतिवेदनमा उल्लेख छ । ट्रम्पले कूटनीतिक प्रयाससँगै सैन्य विकल्प पनि खुला राख्नुभएको जनाइएको छ ।

यसैबीच, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानका राष्ट्रिय सुरक्षा प्रमुख मोहसेन रेजाईलाई वार्ता पुनः सुरु गर्ने सम्भावनाबारे पत्र पठाएका छन् । कतारी मध्यस्थकर्ताले पनि लगातार तेस्रो दिन इरानी अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले भने वार्तामा सहमति भइनसकेको बताउँदै कूटनीतिक समाधानका लागि प्रयास भइरहेको जनाएका छन्। उनले अमेरिकाले कूटनीतिक मार्ग रोज्ने अपेक्षा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?