+
+
Shares

भारतीय विदेश सचिव मिश्री बुधबार नेपाल भ्रमणमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १६ गते १६:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार काठमाडौं आउने भएका छन्।
  • परराष्ट्र सचिव अमृतकुमार राई र मिश्रीबीच नेपाल–भारत सम्बन्धका समग्र पक्ष र आपसी हितका विषयमा द्विपक्षीय वार्ता हुनेछ।
  • भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो र मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ।

१६ कात्तिक, काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि बुधबार नेपाल आउने भएका छन् । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारीका सिलसिला अन्तर्गत हुन लागेको हो ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव अमृतकुमार राई र भारतीय विदेश सचिव मिश्रीबीच द्विपक्षीय वार्ता हुनेछ। वार्तामा नेपाल–भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुने मन्त्रालयले जनाएको छ।

दुई देशबीच लामो समयदेखि रहँदै आएको घनिष्ठ तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल हुने बताइएको छ।

भ्रमणका क्रममा मिश्रीले नेपालका उच्चस्तरीय पदाधिकारीहरूसँग शिष्टाचार भेटघाटसमेत गर्ने कार्यक्रम रहेको छ।

भ्रमण सम्पन्न गरी भारतीय विदेश सचिव मिश्री बिहीबार नयाँदिल्ली फर्किने कार्यक्रम छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?