+
+
Shares

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १०:३९

१७ कात्तिक, काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक मौसम तामाङका अनुसार मृत्यु हुनेमा भारतको तमिलनाडु राज्यको चेन्नाईका ४७ वर्षीय वसन्तकुमार बालारामाडु रहेका छन् ।

दुर्घटनामा परी घाइते हुनेमा भारतीय मूलका न्युजिल्याण्ड नागरिक ४९ वर्षीय सेलियसकुमार पटेल रहेको उनले बताए ।

मंगलबार बिहान फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किएर दुर्घटनामा परेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले फेरिचे हेलिप्याडमा अवतरणको क्रममा दुई हेलिकोप्टरको पंखा ठोक्किएर दुर्घटनामा परेको हो ।

घाइतेलाई उपचारका लागि ललितपुरस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?