+
+
Shares

जब भन्सालीले पुरानो घाउ कोट्याए, सलमान र ऐश्वर्याको प्रेमिल फोटोमा लफडा

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १७ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भन्साली प्रोडक्सन्सले सलमान खान र ऐश्वर्या रायका रोमान्टिक तस्बिर पोस्ट गरेपछि सामाजिक सञ्जालमा ट्रोल भएको छ ।
  • उक्त तस्बिर चलचित्र ‘हम दिल दे चुके सनम’को हो, र क्याप्सनमा प्रेम तथा पुराना सम्झनाको उल्लेख गरिएको थियो ।
  • ऐश्वर्याका प्रशंसकहरूले पुरानो विवादास्पद सम्बन्ध फेरि सम्झाइएपछि प्रश्न उठाएका छन्, तर कम्पनीले आधिकारिक प्रतिक्रिया दिएको छैन ।

फिल्ममेकर सञ्जय लीला भन्सालीको कम्पनी भन्साली प्रोडक्सन्सको पेजबाट पोस्ट गरिएको फोटो अहिले ट्रोल भएको छ । त्यहाँ तीनवटा तस्बिर छन् । र, ती रोमान्टिक तस्बिरमा छन् सलमान खान र ऐश्वर्या राय ।

थाहा भएकै कुरा हो, अहिले उनीहरूबीच बोलचाल पनि छैन । त्यस्तै, कुनै समय उनीहरू धुमधाम प्रेम सम्बन्धमा थिए भन्ने पनि जगजाहेर छ । बलिउडका सर्वाधिक चर्चित प्रेम जोडीमध्ये उनीहरूको नाम पनि आउँछ ।

सलमान खान करियरको उत्कर्षमा रहँदा ऐश्वर्यासँग प्रेममा परेका थिए । सबैलाई लोभ्याउने यो जोडीको प्रेमले त्यसबेला राम्रै तरंग पैदा गरेको थियो । यद्यपि, उनीहरूको सम्बन्धमा अनेक उतारचढाव आए । अन्ततः ठूलै लफडाबाजीपछि उनीहरू एकअर्काबाट अलग भए ।

अलग भएपछि के भयो ? त्यो त जगजाहेर नै छ । सलमानले अरू प्रेमिका बनाए । तर, विवाह कसैसँग गरेनन् । ऐश्वर्या रायले अभिषेक बच्चनसँग घरजाम गरिन् । एक सन्तानकी आमा पनि बनिन् ।

प्रेम सम्बन्ध टुटेपछि उनीहरूबीच बोलचाल नभएको मात्र होइन, एउटै कार्यक्रममा सकेसम्म आमनेसामने हुन पनि चाहँदैनन् । यस्तो पृष्ठभूमिमा भन्साली प्रोडक्सन्सले सलमान र ऐश्वर्याका प्रेमिल तस्बिर पोस्ट गरेर पुरानो घाउ बल्झाएको छ ।

उक्त तस्बिर चलचित्र ‘हम दिल दे चुके सनम’को हो ।

तस्बिरसँगै प्रेम र पुराना सम्झनासँग जोडिएको क्याप्सन पनि लेखिएको थियो । तर, उक्त पोस्ट प्रशंसकलाई मन परेन ।

सामाजिक सञ्जालमा ऐश्वर्याका प्रशंसकहरूले दुवैको विवादास्पद सम्बन्धका पुराना सम्झना यस्तो विशेष अवसरमा किन ताजा गराइएको भन्दै प्रश्न उठाएका छन् । सम्बन्ध टुटेपछि ऐश्वर्याले सलमानमाथि गम्भीर आरोपसमेत लगाएकी थिइन् ।

यद्यपि, उक्त पोस्टलाई लिएर भन्साली प्रोडक्सन्सका तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?