१८ कात्तिक, जनकपुरधाम । जनकपुरमा छुरा प्रहार गरी २४ वर्षीय आमिन साफीको हत्या प्रकरणमा आरोपी इर्साद खानलाई पुर्पक्षका लागि कारागार चलान गर्न जिल्ला अदालत धनुषाले आदेश दिएको छ ।
मंगलबार अदालतका न्यायाधीश रोशनकुमार भट्टराईको इजलासले इर्सादलाई पुर्पक्षमा पठाउन आदेश दिएको हो ।
उनकी आमा सैमुन खातुनलाई भने एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ ।
गत २२ असोजमा जनकपुरधाम उपमहानगरपालिका ५ जानकी मन्दिरको छेउ सोनारपट्टीमा छुरा प्रहार गरी साफीको हत्या भएको थियो ।
छुरा प्रहारबाट अर्का युवक २५ वर्षीय इम्तियाज राइन गम्भीर घाइते भएका थिए ।
यसअघि पनि जनकपुरमा दुईजनामाथि छुरा प्रहार गरेको अभियोगमा इर्सादमाथि दुईवटा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता छन् । त्यसमा आज थुनछेक बहस भइरहेको अदालतले जनाएको छ ।
प्रतिक्रिया 4