+
+
Shares

मनोज केसीलाई प्रहरी महानिरीक्षक बनाउने मन्त्रिपरिषद्को निर्णय

आईजीपी दानबहादुर कार्की प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार

आज बसेको मन्त्रिपरिषद बैठकले एआईजी केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १३:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको छ ।
  • आजको मन्त्रिपरिषद बैठकले हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

१८ कात्तिक, काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।

केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् ।

मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।

यसअघि सरकारले अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए ।

खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए । त्यसपछि सरकारले प्रधानलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो ।

रमेश चन्द ठकुरीलाई पनि सरकारले सुरक्षा सल्लाहकारमा सरुवा गरेको थियो । त्यतिबेला सुडान घोटाला काण्डमा मुछिएको भन्दै सरकारले उनलाई सुरक्षा सल्लाकारमा सरुवा गरेको थियो । अनि उनको ठाउँमा रवीन्द्र प्रताप शाहलाई आईजीपी बनाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?