+
+
Shares

अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १४:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।
  • सेवा प्रवेश र बढुवाका लागि पेस गरिएको भट्टराईको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाको प्रविणता प्रमाणपत्र तहको प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ।
  • आयोगका अनुसार सोही नक्कली प्रमाणपत्रका आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएका थिए।

१८ कात्तिक, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

सेवा प्रवेश र बढुवाका लागि नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो ।

सेवा प्रवेश गर्दा र बढुवाका लागि पेस गरेको शैक्षिक प्रमाणपत्र नक्‍कली रहेको उजुरी उनीविरुद्ध परेको थियो ।

उजुरीका आधारमा अनुसन्धान हुँदा भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट लिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।

सोही नक्कली शैक्षिक योग्यताको आधारमा भट्टराई सहायक निरीक्षकदेखि प्रमुख अनुसन्धान अधिकृत पदमा बढुवा भएको पाइएको आयोगको आरोपपत्रमा छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार प्रमाणपत्र जारी गर्ने निकायले दिएको सूचना अनुसार भट्टराईले पेस गरेको प्रमाणपत्र नक्कली रहेको पाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?