+
+
Shares

दुई पुनर्बीमाको सेयरमा किन एकाएक बढ्यो आकर्षण ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १५:३७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मन्त्रिपरिषद्ले नेपाल पुनर्बीमाको शतप्रतिशत हकप्रद सेयर निष्कासन स्वीकृत गरेपछि बुधबार यसको मूल्य १५ प्रतिशत बढेर ९२१.७० रुपैयाँ पुगेको छ।
  • बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि २० अर्ब चुक्ता पूँजी तोकेकाले नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले हकप्रद सेयरमार्फत रकम जुटाउने भएका छन्।
  • हिमालयन रिइन्स्योरेन्सको मूल्य पनि ११.४८ प्रतिशत बढेर ५३४ रुपैयाँ पुगेको छ, र हकप्रद निष्कासनका बेला लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँमा सेयर खरिद गर्न पाउनेछन्।

१८ कात्तिक, काठमाडौं । बुधबार सेयर बजारमा सबैभन्दा धेरै मूल्य बढेका कम्पनी हुन्– नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्स ।

नेपाल रिइन्स्योरेन्सको मूल्य १५ प्रतिशत बढ्यो भने अर्को हिमालयन रिको ११.४८ प्रतिशत बढ्यो । यी दुई कम्पनीको उच्च मूल्यवृद्धिकै कारण समग्र सेयर बजार जम्मा ०.०५ प्रतिशत मात्रै बढ्दा अन्य समूह सबैभन्दा धेरै ६.१८ प्रतिशत बढ्यो ।

दुई पुनर्बीमा कम्पनीको मूल्य एकाएक बढ्नुको मुख्य कारण हो- हकप्रद सेयर निष्कासन । अघिल्लो दिन बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बीमाको हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्रदान गरेको छ । कम्पनीले शत प्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव गरेको थियो ।

नेपाल पुनर्बीमामा सरकारको स्वामित्व ४४ प्रतिशत तथा सर्वसाधारणको १६ प्रतिशत रहेको छ बाँकी अन्य कम्पनीहरुको छ ।

यसले अर्को कम्पनी हिमालयन रिइन्स्योरेन्सको पनि हकप्रद सेयर निष्कासन हुने निश्चित भएको छ । नियामक निकाय बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीका लागि २० अर्ब चुक्ता पूँजी तोकेको छ ।

हाल नेपाल पुनर्बीमाको चुक्ता पूँजी १३ अर्ब ४२ करोड छ भने हिमालयन रिइन्स्योरेन्सको १० अर्ब ८६ करोड रुपैयाँ छ । २० अर्बका लागि नपुग रकम हकप्रद सेयरमार्फत जुटाउनुपर्नेछ ।

दुवै कम्पनीले हकप्रद सेयर निष्कासनबाट सो चुक्ता पूँजी पुर्‍याउने निश्चित भएसँगै बुधबार यी कम्पनीमा आकर्षण देखिएको हो । नेपाल पुनर्बीमाको हाल मूल्य प्रतिकित्ता ९२१.७० र हिमालयन रिको ५३४ रुपैयाँ पुगेको छ ।

हकप्रद निष्कासनका बेला भने लगानीकर्ताले प्रतिकित्ता १ सय रुपैयाँका दरले सेयर खरिद गर्न पाउँछन् । यद्यपि बजारमा हकप्रद निष्कासनपछि मूल्य समायोजन हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?