+
+
Shares

अफगानी नागरिकको निर्वासन रोक्न अमेरिकी अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १८ गते १७:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ ।
  • न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाएकी छन् ।
  • अफगानइभाकले निर्वासन सूचीमा २०२१ अघि अमेरिकी सेनालाई सहयोग गरेका व्यक्तिका आफन्तसमेत रहेको जनाएको छ ।

१८ कात्तिक, वासिङ्टन (रासस/एएफपी) । अमेरिकी सङ्घीय अदालतले पाकिस्तान हुँदै १५० भन्दा बढी अफगानी नागरिकलाई स्वदेश फर्काउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको योजना रोकेको छ । निर्वासनले पूर्वअमेरिकी सहयोगी र उनीहरूका परिवारको ज्यान जोखिममा पार्न सक्ने भन्दै अधिकारवादी समूहहरूले विरोध गरेपछि अदालतले यस्तो आदेश दिएको हो ।

न्युयोर्कस्थित जिल्ला अदालतकी न्यायाधीश भ्यालेरी क्याप्रोनीले यस साता कुनै पनि अफगानी नागरिकलाई अफगानिस्तान वा पाकिस्तान पठाउन नपाइने फैसला सुनाएका छन्।

निर्वासनको सूचीमा सन् २०२१ मा तालिबानले सत्ता कब्जा गर्नुअघि अमेरिकी सेनालाई सहयोग गरेका व्यक्तिका आफन्तसमेत रहेको अफगानइभाक संस्थाले जनाएको छ । संस्थाका अध्यक्ष शन भ्यानडाइभरले पूर्वसैनिक, अधिकारकर्मी, कङ्ग्रेसका ६६ सदस्य र हजारौँ अमेरिकी नागरिकको प्रयासबाट प्रस्तावित उडान रोकिएको बताएका छन्।

तालिबानले आममाफी घोषणा गरे पनि संयुक्त राष्ट्रसङ्घले अफगानिस्तानमा हत्या, गैरकानूनी हिरासत र दुर्व्यवहारका घटना अभिलेख गरेको छ । यसैबीच, पाकिस्तानले पनि आफ्नो देशमा रहेका लाखौँ अफगानीलाई फर्काउने नीति अघि बढाएको छ । गत अक्टोबरमा दुई देशबीच भएको घातक सीमा झडपपछि आवागमन लगभग बन्द छ ।

ट्रम्प प्रशासनले यसअघि अफगानिस्तानसहित विभिन्न देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउनुका साथै विशेष आप्रवासी भिसा पाएका केही अफगानीको निर्वासन सुरक्षा अन्त्य गर्ने प्रयास गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?