News Summary
Generated by OK AI. Editorially reviewed.- मन्त्रिपरिषद् बैठकले डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ।
- गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालयमा केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
- सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए ।
केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर सरकारले केसीलाई नियुक्त गरेको हो ।
कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
प्रहरी इतिहासमै पहिलो पल्ट गृहमन्त्री वामदेव गौतमले ध्रुवबहादुर प्रधानलाई आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका थिए । त्यसपछि अहिले गृहमन्त्री गुरुङले आईजीपीलाई फुली लगाइदिएका हुन् ।
सुरुमा अवकाशमा जाँदै गरेका आईजीपीले नवनियुक्त आईजीपीलाई फुली लगाउने चलन थियो । प्रधानको पालामा त्यो चलन तोडियो । त्यसपछि गृहसचिवले फुली लगाइदिने चलन थियो । अहिले फेरि गृहमन्त्रीले फुली लगाइदिएका छन् ।
गृहमन्त्रीको कार्यभार सम्हालेको तीन दिनपछि १६ चैतमा प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न गुरुङ पुगेका थिए । सो क्रममा उनले भनेका थिए, ‘अब नवनियुक्त आईजीपीलाई प्रधानमन्त्रीले फुली लगाउने व्यवस्था गर्छौं । त्यसका लागि म पहल गर्छु।’
प्रतिक्रिया 4