+
१०औं राष्ट्रिय खेलकुद :

दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ देखि हुने, २३ खेल सुर्खेतमै

२०८३ कात्तिक  २२ गते १३:५७ २०८३ कात्तिक २२ गते १३:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दशौं राष्ट्रिय खेलकुदका खेल मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् ।
  • प्राविधिक समितिबाट अनुमोदित तालिकाअनुसार पुरुष/महिला क्रिकेट, पुरुष फुटबल र ह्यान्डबलसहित ६ खेल मंसिर ८ बाट सुरू हुनेछन् ।
  • दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ, औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ ।

२२ कात्तिक, काठमाडौं । कर्णाली प्रदेशमा हुने दशौं राष्ट्रिय खेलकुदका खेलहरू मंसिर ८ गतेदेखि सञ्चालन हुने भएका छन् ।

दशौं राष्ट्रिय खेलकुदको प्राविधिक समितिबाट अनुमोदन भएको तालिकाअनुसार मंसिर ८ गतेबाट ६ खेलको प्रतिस्पर्धा सुरू हुनेछन् । जसमा पुरुष/महिला क्रिकेट, पुरुष फुटबल, पुरुष/महिला ह्यान्डबल, महिला बास्केटबल, टेनिस र पौडी छन् ।

दशौं खेलकुदका ३२ मध्ये २३ खेल सुर्खेतमा हुने तय भएको छ । एथ्लेटिक्स, क्रिकेट, फुटबल, हक्की, भलिबल, कबड्डी, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबल टेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, ह्यान्डबल, स्क्वास, बास्केटबल, आर्चरी, भारत्तोलन, रग्बी, साइक्लिङ, ईस्पोर्ट्स र सेपाकताक्रो सुर्खेतमै हुने निश्चित भएको हो ।

त्यसबाहेक टेनिस र खो खो बर्दिया, जुडो र कुस्ती सल्यान, शारीरिक सुगठन पश्चिम रुकुम, आईटीएफ टेक्वान्दो दैलेख, बुद्धिचाल कालिकोट तथा पौडी र सुटिङ नेपालगञ्जमा हुने तय भएको छ ।

लुम्बिनी प्रदेशका दुई जिल्लामा खेल तय हुँदा कर्णाली प्रदेशका हुम्जा, जुम्ला, जाजरकोट, मुगु र डोल्पामा कुनै पनि खेल राखिएको छैन ।

प्रतियोगिताको औपचारिक उद्घाटन मंसिर १६ गते सुर्खेत रंगशालामा हुनेछ । समापन समारोह मंसिर २७ मा हुने तय छ ।

१०औँ राष्ट्रिय खेलकुद दशौँ राष्ट्रिय खेलकुद
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय