News Summary
Generated by OK AI. Editorially reviewed.- एनपीएलको तेस्रो सिजनमा आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
- सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुर बोल्ट्सलाई फिल्डिङको निम्तो दिएका छन्।
२४ कात्तिक, काठमाडौं । एनपीएलको तेस्रो सिजनको आजको खेलमा जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले टस जितेर जनकपुरका कप्तान हरमीत सिंहलाई फिल्डिङको निम्तो दिएका छन्।
आजको खेलमा सुदूरपश्चिमले कुनै परिवर्तन गरेको छैन। उता जनकपुरले भने दुई परिवर्तन गरेको छ। जनकपुरले स्फ हसन र परभेव हुसेन ईमोनको स्थानमा रायन बर्ल र ह्यारी टेक्टर पहिलो रोजाइमा खेलाएको छ।
प्रतिक्रिया 4