+
+
Shares

उत्तराखण्डका मन्त्री सतपालले भने- प्रधानमन्त्री बालेनको भ्रमणमा पञ्चेश्वर परियोजनाबारे छलफल हुन्छ

भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतका मन्त्री सतपाल महाराजले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाबारे छलफल हुने बताएका छन् ।
  • उनले कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र नेपाल–भारत सीमा सम्बन्धी विषय पनि उठाइने बताएका छन् ।
  • दुवै देशले पञ्चेश्वर आयोजनाको डीपीआरलाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने सहमति यसअघि गरेका थिए ।

२६ कात्तिक, काठमाडौं । भारतको उत्तराखण्डका मन्त्री सतपाल महाराजले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनासँगै कञ्चनपुरको दोधारा–चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाहबारे छलफल हुने बताएका छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना महत्त्वपूर्ण एजेन्डा बन्न सक्ने देखिएको छ । भारत र नेपालको साझा जलस्रोत उपयोगसँग जोडिएको आयोजना लागत, जलस्रोतको बाँडफाँट तथा लाभ वितरणसम्बन्धी विवादका कारण अघि बढ्न सकेको छैन ।

यसअघि दुवै देशले आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लाई अन्तिम रूप दिने प्रक्रिया तीव्र बनाउने सहमति गरेका थिए ।

पञ्चेश्वर आयोजना अघि बढे शारदा (महाकाली) नदी क्षेत्रको विद्युत् उत्पादन, सिँचाइ तथा बाढी नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

भ्रमणका क्रममा नेपाल–भारत सीमा सम्बन्धी विषय र तराई क्षेत्रमा पर्यटन प्रवर्द्धनका सम्भावनाबारे छलफल हुने मन्त्री सतपालले बताएका छन् ।

‘नेपालका प्रधानमन्त्री बालेन शाह भारत भ्रमणमा आउँदै हुनुहुन्छ । सम्भवतः नोभेम्बर २२ मा उहाँको भारत भ्रमण हुनेछ । भ्रमणका क्रममा नेपालका प्रधानमन्त्रीसँग पञ्चेश्वर बाँध परियोजनाबारे छलफल गरिनेछ,’ मन्त्री सतपालले भनेका छन्, ‘यसका साथै नेपाल–भारत सीमामा देखिएका समस्याहरू र प्रस्तावित ड्राई पोर्टका विषयमा पनि छलफल हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?