+
+
Shares

यमनको अदनमा हुथी विद्रोहीद्वारा सैन्य शिविरमा आक्रमण

साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते ११:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • यमनको अदन सहरमा बुधबार हुथी विद्रोहीले सरकारसम्बद्ध सुरक्षा बलका सैन्य शिविरलाई निशाना बनाएर आक्रमण गरेको सुरक्षा स्रोतले जनाएको छ।
  • अदनबाटै साउदी समर्थित सरकार सञ्चालन हुँदै आएको छ, र सन् २०१४ देखि यमनमा गृहयुद्ध जारी छ।
  • गत जुलाईमा युद्धविराम भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः संघर्ष जारी रहेको र हुथीले साउदीका विमानस्थल, ऊर्जा पूर्वाधार र सैन्य अखडा निशाना बनाउँदै आएको छ।

२६ कात्तिक, काठमाडौं । यमनमा अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको छ । साउदी अरबसमर्थित सरकारका सुरक्षा स्रोतहरूले बुधबार अदन सहरमा हुथी विद्रोहीले आक्रमण गरेको जानकारी दिएका हुन् ।

सुरक्षा स्रोतका अनुसार आक्रमणमा सरकारसम्बद्ध सुरक्षा बलका सैन्य शिविरहरूलाई निशाना बनाइएको थियो । अदन सहरबाटै साउदी समर्थित सरकार सञ्चालन हुँदै आएको छ ।

यसअघि हुथी विद्रोहीको नियन्त्रणमा रहेको राजधानी सानामा गत साता भएका आक्रमणमा मारिएका दर्जनौँ व्यक्तिको अन्त्येष्टिमा ठूलो संख्यामा मानिसहरू सहभागी भएका थिए ।

उक्त आक्रमणलाई हुथी पक्षले ‘साउदी आक्रमण’ बताएको थियो । यमनमा सन् २०१४ देखि गृहयुद्ध जारी छ । सोही वर्ष हुथी विद्रोहीले राजधानी सानामाथि कब्जा जमाएका थिए ।

त्यसको एक वर्षपछि साउदी अरबको नेतृत्वमा रहेको गठबन्धन यमन सरकारको समर्थनमा युद्धमा सहभागी भएको थियो ।

सन् २०२२ मा भएको कमजोर युद्धविराम गत जुलाईमा भंग भएपछि साउदी अरब र हुथी विद्रोहीबीच पुनः संघर्ष जारी रहेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।

यसबीच हुथी विद्रोहीले साउदी अरबका विमानस्थल, ऊर्जा पूर्वाधार तथा सैन्य अखडाहरूलाई समेत निशाना बनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?