+
+
Shares

भीमफेदी दुर्घटना : ज्यान गुमाउने अधिकांश सुन्दरपुरका

मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २६ गते १२:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको भीमफेदीमा बिहीबार बिहान माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खस्दा १० जनाको मृत्यु र ६ जना घाइते भएका छन्।
  • मृतकमध्ये अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका रहेका र छठ मनाउन काठमाडौंबाट घर फर्किरहेका थिए।
  • गाडी धनी अवधेश चौधरीका अनुसार चालकसँग राति १ बजेपछि सम्पर्क नभएको र घटनाबारे माइक्रो व्यवसायी संघबाट जानकारी पाएको बताए।

२६ कात्तिक, जनकपुरधाम । मकवानपुरको भीमफेदीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जना मध्ये अधिकांश एउटै टोलका रहेका छन् । मृतकहरूको सनखत नभए पनि उनीहरू सर्लाहीको चक्रघट्टा गाउँपालिका ४ सुन्दरपुर टोलका उनीहरू रहेको पालिका अध्यक्ष कृष्ण यादवले बताए ।

पालिका अध्यक्ष यादवका अनुसार एउटै टोलका करिब पाँच परिवारका सदस्यहरू सवार गाडी दुर्घटनामा परेको हो । १५ जना सवार गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना हुँदा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ५ पुरुष, ३ महिला र २ बालिका रहेका छन् । मकवानपुर प्रहरीका अनुसार दुर्घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा ३ पुरुष र ३ बालक छन् ।

पालिका अध्यक्ष यादवका अनुसार मृतकमध्ये बढी सुन्दरपुर टोलका छन् । काठमाडौंमा फलफूल व्यवसाय गरिरहेका उनीहरू छठ मनाउन एउटै गाडी रिजर्भ गरेर घर फर्किरहेको बेला दुर्घटनामा परेका हो ।

‘घर फर्किनेहरू प्रायः काठमाडौंमै बसेर व्यापार व्यवसाय गरिरहेका थिए । छठ मनाउन एउटै गाडी रिजर्भ गरेर आइरहेको बेला दुर्घटनमा परेको हो । अहिलेसम्म पाँच परिवारको मान्छेहरू छन् भन्ने मैले जानकारी पाएको छु’ उनले भने ‘म र गाउँका साथीहरू जाँदै छौं । बाटोमा छौं।’

गाडी धनी अवधेश चौधरीका अनुसार चालकसँग राति १ बजेपछि सम्पर्क नभए बताए। उनले घटनाबारे माइक्रो व्यवसायी संघबाट थाहा पाएको सुनाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?