+

कर्णालीले पनि परिवर्तन गर्‍यो कप्तान, सोमपालको स्थानमा मिलर नयाँ कप्तान

२०८३ कात्तिक  २६ गते १६:५६ २०८३ कात्तिक २६ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिगमा कर्णाली याक्सले नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलरलाई कप्तान बनाएको छ।
  • कर्णालीले सोमपालको कप्तानीमा पाँच खेलमा दुई जित र तीन हार बेहोरेपछि प्रतियोगिताको बीचमै कप्तान परिवर्तन गरेको हो।
  • कर्णाली प्रतियोगिताको बीचमा कप्तान परिवर्तन गर्ने दोस्रो टिम बनेको छ, यसअघि पोखरा एभेन्जर्सले कुशल भुर्तेलको स्थानमा चमिका करुणारत्नेलाई कप्तान बनाएको थियो।

२६ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजन चलिरहँदा कर्णाली याक्सले पनि कप्तान परिवर्तन गरेको छ ।

बिहीबार लुम्बिनी लायन्स विरुद्धको खेलअघि टसका क्रममा नियमित कप्तान सोमपाल कामीको स्थानमा दक्षिण अफ्रिकी ब्याटर डेभिड मिलर टसका लागि गएका थिए ।

यसअघि ५ खेलमा सोमपालले कप्तानी गर्दा कर्णालीले २ खेल जितेको थियो भने लगातार तीन खेलमा पराजित भएको थियो । सुरुवाती दुई खेल जितेपनि त्यसपछि लगातार तीन खेलमा पराजित भएकोले कर्णालीले कप्तान परिवर्तन गरेको हो ।

सोमपाल पहिलो रोजाईँमै खेलेपनि नेतृत्व भने मिलरको काँधमा छ । प्रतियोगिताको बिचमा कप्तान परिवर्तन गर्ने कर्णाली दोस्रो टिम बनेको छ ।

यसअघि पोखरा एभेन्जर्सले पनि कप्तान परिवर्तन गर्दै कुशल भुर्तेलको स्थानमा श्रीलंकन बलर चमिका करुणारत्नेलाई नयाँ कप्तान बनाएको थियो ।

सुरुवाती तीन खेलमा हारपछि चमिकाले चौथो खेलबाट कप्तानी गरेका थिए । पाँचौ खेलमा पुगेर चमिकाकै कप्तानी पोखराले पहिलो जित हात पारेको थियो ।

एनपीएल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय