+
+
Shares

राहुल गान्धीले भने : मोदीले मेरो फोन ट्याप गर्छन्

भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राहुल गान्धीले इन्स्टाग्राममा प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो फोन ट्याप गर्ने दाबी गरेका छन्।
  • उनले ‘प्रमाण यहाँ छ। यो यसै फोनभित्र छ। प्रधानमन्त्रीलाई थाहा छ किनभने उनले मेरो फोन ट्याप गर्छन्।’ भनेका छन्।
  • बीबीसी हिन्दीका अनुसार मोदी वा प्रधानमन्त्रीको कार्यालयले राहुल गान्धीको दाबीमा अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

२७ कात्तिक, काठमाडौं । भारतीय कांग्रेस नेता राहुल गान्धीले प्रधानमन्त्री नरेन्द्र मोदीमाथि फोन ट्याप गरेको आरोप लगाएका छन्।

इन्स्टाग्राममा सोधिएको एउटा प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो दाबी गरेका हुन्।

राहुल गान्धीलाई सोधिएको थियो, ‘मोदीले तपाईंलाई विदेशी सहयोग मिलिरहेको बताउनुहुन्छ, जबकि तपाईं मोदीमाथि विदेशी शक्तिहरूको नियन्त्रणमा रहेको आरोप लगाउनुहुन्छ। यसको प्रमाण के छ ?’

यसको जवाफमा राहुल गान्धीले भने, ‘प्रमाण यहाँ छ। यो यसै फोनभित्र छ। प्रधानमन्त्रीलाई थाहा छ किनभने उनले मेरो फोन ट्याप गर्छन्।’

उनले थपे, ‘आमनेसामनेको बहसबाट प्रमाणित हुनेछ कि को विदेशी शक्तिहरूको नियन्त्रणमा छ र को देशविरोधी हो। उनी कहिलेदेखि देशविरोधी हुन् र यस्ता अन्य कैयौँ जानकारीहरू मलाई थाहा छन्, जुन मेरो फोनमा सुरक्षित छन्।’

राहुल गान्धीको यस दाबीका विषयमा हालसम्म प्रधानमन्त्री मोदी वा प्रधानमन्त्रीको कार्यालयबाट कुनै प्रतिक्रिया नआएको बीबीसी हिन्दीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?