+
+
Shares

दुई मन्त्रीसँग भारतीय राजदूत दलेलाको भेटवार्ता

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १५:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले शुक्रबार सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेलसँग भेटवार्ता गरे।
  • उनीहरूबीच कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध र पर्यटन प्रवद्र्धनबारे फलदायी विचार आदानप्रदान भएको भारतीय दूतावासले जनाएको छ।
  • दलेलाले पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग पूर्वाधार र कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्य थप प्रगाढ बनाउने उपायबारे छलफल गरे।

२८ कात्तिक, काठमाडौं । नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले संघीय सरकारका मन्त्रीहरूसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार सिंहदरबार पुगेर दलेलाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री खडक प्रसाद पौडेल, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका हुन् ।

उनीहरूबीच भएको भेटवार्ताबारे जानकारी दिँदै काठमाडौंस्थित भारतीय दूतावासले मित्रता र सहकार्यका सम्बन्धहरूलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको बताएको छ ।

कनेक्टिभिटी, जनता–जनताबीचको सम्बन्ध र पर्यटन प्रवद्र्धन गर्ने विषयमा मन्त्री पौडेलसँग फलदायी विचार आदानप्रदान भएको दूतावासले जनाएको छ ।

त्यस्तै, पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने उपायहरूबारे छलफल भएको छ । बहुआयामिक साझेदारीलाई थप अगाडि बढाउन सँगै मिलेर काम गर्ने विषयमा मन्त्री लम्सालसँग छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?