+
+
Shares

घट्यो तिहारपछिको सेयर बजार, कारोबार खुम्चियो

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १५:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तिहारपछिको सेयर बजार ६.४४ अंकले घटेर नेप्से २६४८ अंकमा कायम भएको छ।
  • शुक्रबार ११० कम्पनीको मूल्य बढ्दा १६० को घटेको छ, र कारोबार रकम ३ अर्ब ५ करोडमा झरेको छ।
  • स्वेत गंगा हाइड्रोपावरको मूल्य ७.५६ प्रतिशत बढ्दा क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५६ प्रतिशत घटेको छ।

२७ कात्तिक, काठमाडौं । तिहारपछिको सेयर बजार एकल अंकले झरेको छ । ६.४४ अंकले बजार परिसूचक नेप्से झरेसँगै २६४८ अंकमा कायम भएको छ ।

शुक्रबार सेयर बजारमा ११० कम्पनीको मूल्य बढेको छ भने १६० को घटेको छ । त्यस्तै कारोबार भएका ९ कम्पनीको मूल्य स्थिर रह्यो ।

कारोबारका क्रममा अधिकांश समय बजार रातो अंकमा रह्यो । कारोबार रकम ३ अर्ब ५ करोडमा खुम्चिएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोडको भएको थियो।
धेरैजसो समूहगत सूचक घटेका छन् ।

बैंकिङ ०.२३, फाइनान्स ०.४७, लगानी ०.२२, जीवन बीमा ०.६७, उत्पादन तथा प्रशोधन ०.७९, माइक्रोफाइनान्स ०.४३, तथा अन्य ०.९४ प्रतिशत घटे । निर्जीवन बीमा ०.३३, होटल तथा पर्यटन ०.२४, जलविद्युत् ०.२७ तथा विकास बैंक ०.०४ प्रतिशत बढे ।

स्वेत गंगा हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ७.५६ प्रतिशत बढ्यो । सामलिङ पावरको ५.८७, एसियन हाइड्रोपावरको ५.२६, बेनी हाइड्रोपावरको ३.९३, सोपान फर्मास्युटिकल्सको ३.४५ प्रतिशत मूल्य बढ्यो ।

त्यस्तै क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको ९.५६, घोराही सिमेन्टको ७.८७, सर्वोत्तम पेन्ट्सको ४.९५ तथा सीवाईसी लघुवित्तको ४.९२ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा आज घोराही सिमेन्ट, सानिमा माइ हाइड्रोपावर, स्वेतगंगा हाइड्रोपावर, शिवम् सिमेन्ट, ग्लोबल आईएमई बैंक क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?