+
+
Shares

संखुवासभामा रुखबाट लडेर एक वृद्धको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा चिउरीको रुखबाट लडेर ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको छ।
  • शुक्रबार दिउँसो घाँस काट्न रुखमा चढेका लिम्बु लडेपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।
  • प्रहरी निरीक्षक सुन्दर कुमार यादवको टोली घटनास्थल पुगेको छ र शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा लगिएको छ।

२७ कात्तिक, संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–२, देउराली हुत्तिखिममा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ ।

चिउरीको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर स्थानीय ६० वर्षीय लेकबहादुर लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक धिरज राईले बताए ।

शुक्रबार दिउँसो घाँस काट्न चिउरीको रुखमा चढेका लिम्बुको लडेर घटनास्थलमै मृत्यु भएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए ।

घटना लगत्तै प्रहरी निरीक्षक सुन्दर कुमार यादव सहितको टोली घटना स्थल पुगेको छ ।

मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?