+
+
Shares
दिनेश प्रसाईंसँग वार्ता :

‘शक्तिशाली सरकारसँग नेपाली समाजले आश मार्न थाल्यो, व्यवसायी हतोत्साही भए’

‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा योजनाहरु बनाउनु आवश्यक छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १८:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष दिनेश प्रसाईंले बालेन शाह नेतृत्वको सरकार संविधान र कानुनप्रति जवाफदेहीविहीन बनेको आरोप लगाएका छन् ।
  • प्रसाईंले अत्यधिक मत पाएर पनि सरकार जवाफदेहीविहीन हुँदा समाजमा निराशा बढेको र उद्योगी व्यवसायी हतोत्साही भएको बताएका छन् ।
  • उनले लोकतन्त्र र संविधानमा सम्झौता गर्न नसकिने भन्दै आर्थिक अवसर कमजोर बनाएर सरकार चल्न नसक्ने बताएका छन् ।

२७ कात्तिक, काठमाडौं । जेएनयू, नयाँदिल्लीबाट समाजशास्त्रमा पिएचडी गरेका दिनेश प्रसाईंले लामो समय त्रिविमा राजनीतिक समाजशास्त्र पढाए ।

पर्यटन उद्यमी बन्दै गतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष चयन भएका उनले अनलाइनखबरसँग यो लामो अन्तर्वार्तामा लिबरल डेमोक्रेसी अर्थात् उदार लोकतन्त्रप्रतिको आफ्नो सैद्धान्तिक निष्ठाबारे खुलेर व्याख्या गरेका छन् ।

प्रसाईंले प्रधानमन्त्री बालेन शाह र उनले नेतृत्व गरेको रास्वपा सरकारका आठ महिनाको समीक्षा गर्दै भनेका छन्, ‘अत्यधिक मत पाएर पनि सरकार जवाफदेहीविहीन बनेकाले समाजले आश मार्न थाल्यो । उद्योगी व्यवसायीहरू हतोत्साही र निराश छन् ।’

सरकार संविधान र कानुनप्रति जवाफदेहीविहीन बन्दैजाँदा जनताको करले पालिएका संस्थाहरू प्रधानमन्त्री र उनका सल्लाहकारहरूको आदेशपालकजस्तो मात्रै बन्न पुगेको प्रसाईंको आरोप छ ।

‘सरकारले यति धेरै शक्ति पाइसकेको छ जनताबाट, अझै कति शक्ति चाहिने हो र ?’ प्रसाईंले प्रश्न गरेका छन्, ‘लोकतन्त्र र संविधानमा कतैबाट पनि सम्झौता गर्न सकिँदैन । आर्थिक अवसरहरूलाई कमजोर बनाएर सरकार चल्न सक्दैन ।’

पोखरामा जल महलमार्फत् पर्यटन प्रवर्द्धन गरेका प्रसाईं यति बेला काठमाडौंको मातातीर्थमा जंगल महल वेलनेस रिट्रिट चलाउँछन् ।

मुख्यतयाः विदेशी पर्यटकहरुका लागि फल्चा, थेरापी, योगलगायत प्याकेज चलाइरहेका उनी नेपाली समाजले पनि यसको महत्व अझै बुझ्दै जाने विश्वासमा छन् । राजनीति गर्नेहरूले सरकारमा गएका बखत बाहेक पूर्णकालीन राजनीतिक दैनिकी चलाउन नहुने उनको विश्वास छ ।

नेपाली समाजमा कार्ल माक्र्सलाई आवश्यकताभन्दा बढ्ता पढाइएको, तर म्याक्स वेबर, टिएच मार्सल लगायतलाई कम पढाइएको बुझाई प्रसाईंको छ । उनले नेपाल, भारत, युरोप लगायतका जेनजी विद्रोहहरुको तुलना पनि यो वार्तामा गरेका छन् ।

राजनीतिमा सिद्धान्त र व्यवहारमध्ये एकलाई मात्रै छान्न नसकिने प्रसाईंको भनाई छ । ‘हामीले नागरिक हक, अर्थात् सिभिल लिबर्टीलाई गम्भीरतापूर्वक अझै लिएका छैनौं,’ उनी भन्छन्, ‘लोकतन्त्र गतिलो बनाउन लागिएन भने पपुलिज्मको भड्खालोमा हामी पर्दै जान्छौं । त्यसैले पार्टी खुल्नेबित्तिकै आजै सफल भइहाल्नुपर्छ भन्ने छैन । भविष्यसम्मका लागि सोचेर लामा योजनाहरु बनाउनु आवश्यक छ ।’

प्रसाईंसँग अनलाइनखबरका बसन्त बस्नेतले लिएको यो अन्तर्वार्ता :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?