+
+
Shares

बल्खु–दक्षिणकाली–हेटौंडा सडकमा सवारीलाई तोकियो नयाँ समय

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २७ गते १९:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला सुरक्षा समिति काठमाडौंले बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण गरेको छ।
  • अब उक्त रुटका सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने र बिहान ५ बजेदेखि मात्र बल्खुबाट सञ्चालन गर्न पाइनेछ।
  • प्रहरी युनिट र ट्राफिक प्रहरीले उक्त रुटमा चल्ने प्रत्येक भाडाका तथा यात्रुवाहक सवारीसाधनको अनिवार्य चेकजाँच गर्ने निर्णय भएको छ।

२७ कात्तिक, काठमाडौं । बल्खु–दक्षिणकाली हुँदै हेटौंडा जाने यात्रुवाहक भाडाका तथा सार्वजनिक सवारीसाधनका लागि नयाँ समयसीमा निर्धारण भएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वर राज पौडेलले एक विज्ञप्ति जारी गर्दै नयाँ समयसीमाबारे जानकारी गराएका हुन् ।

जिल्ला सुरक्षा समिति काठमाडौँको निर्णयअनुसार अब उक्त रुटमा सञ्चालन हुने यात्रुवाहक सवारीसाधन बेलुका ८ बजेसम्ममा फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्ने भएको छ ।

त्यस्तै, बिहान ५ बजेदेखि मात्रै बल्खुबाट उक्त रुटमा सवारीसाधन सञ्चालन गर्न पाइने निर्णयमा उल्लेख छ ।

यात्रुवाहक भाडाका एवम् सार्वजनिक सवारीसाधनहरूको अवस्थाको पूर्ण रुपमा चेकजाँच गरेर मात्र सञ्चालन गर्ने पनि निर्णय भएको छ ।

काठमाडौं जिल्लाभित्रका उक्त रुटमा पर्ने प्रहरी यूनिटहरूले ( ट्राफिक प्रहरी समेत) कडाइका साथ भाडाका एवम् यात्रुवाहक प्रत्येक सवारी साधनको अनिवार्य रुपमा चेकजाँच गर्ने व्यवस्था मिलाउने निर्णय पनि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?