+
+
Shares

सरकारले दानबहादुर कार्कीलाई थमायो विशेष सल्लाहकारको पत्र

उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २९ गते १६:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले दानबहादुर कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाएको पत्र १८ कात्तिकमा घरमै पुगेर थमाएको छ।
  • कार्कीले सल्लाहकारको पत्र नबुझेपछि गृह मन्त्रालयका कर्मचारीले उनकै घरमा पुगेर पत्र बुझाएको उच्च स्रोतले जनाएको छ।
  • कार्कीले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा आईजीपी पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन्।

२९ कात्तिक, काठमाडौं ।  प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाइएका दानबहादुर कार्कीलाई सरकारले सल्लाहकारको पत्र थमाएको  छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको विशेष सल्लाहकार बनाइएको पत्र कार्कीले बुझेका थिएनन् । त्यसपछि सरकारले उनलाई पत्र थमाएको खुलेको हो । उच्च स्रोतका अनुसार १८ कात्तिकमा गृह मन्त्रालयका एक कर्मचारीले आईजीपी कार्कीको घरमै पुगेर पत्र थमाएका हुन् ।

‘उहाँले सल्लाहाकारको पत्र बुझ्न नमानेपछि घरमै पुगेर पत्र बुझाइएको हो,’ उच्च स्रोतले अनलाइनखबरसँग भन्यो ।

१८ कात्तिककै मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाउँदै प्रधानमन्त्रीको विशेष सल्लाहकार बनाएको थियो । एआईजी डा. मनोजकुमार केसीलाई आईजीपी बनाइएको थियो ।

सोही दिन कार्यालय समयमा गृह मन्त्रालयले कार्कीलाई उनकै घर पुगेर पत्र थमाएको स्रोतले बतायो ।

कार्कीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यकक्षको समेत व्यवस्था गरिएको छ ।

तर कार्की भने सरकारको यो निर्णयविरुद्ध सर्वोच्च अदालत गएका छन् । आईजीपीमा पुनर्वहालीको माग गर्दैै कार्कीले दायर गरेको रिट भोलि सोमबारलाई पेशी तोकिएको थियो । तर सोमबार सार्वजनिक बिदा भएकाले उनको पेशी भोलि सुनुवाइ नहुने भएको छ ।

सरकारले उनलाई हटाएर मनोज केसीलाई नेपाल प्रहरीको आइजीपी बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?