News Summary
Generated by OK AI. Editorially reviewed.- आन्तरिक राजस्व विभागले कात्तिक मसान्तमा ठूला, मध्यमस्तरीय र सबै आन्तरिक राजस्व कार्यालय खुला राख्ने निर्णय गरेको छ ।
- विभागले राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राख्न र कार्यसम्पादन गर्न निर्देशन दिएको छ ।
- कात्तिक मसान्त करदाताका लागि आय विवरण दाखिला, छुट सुविधा उपयोग र बक्यौता फरफारकको अन्तिम दिन हो ।
२९ कात्तिक, काठमाडौं । कात्तिक मसान्त करदाताका लागि महत्त्वपूर्ण दिन हो । यस दिन गत आर्थिक वर्षको आय विवरण दाखिला गर्ने, आर्थिक ऐन २०८३ ले प्रदान गरेका छुट र सुविधा उपयोग गर्ने अन्तिम दिनसमेत हो ।
त्यस्तै बक्यौता फरफारक र अन्त:शुल्क वस्तु निष्कासन गर्ने करदातालाई सहजीकरण सुविधा समेत यस दिनसम्म हुन्छन् । तर, नेपाल सरकारले यस दिन छठको उपलक्ष्यमा बिदा दिएको छ ।
आन्तरिक राजस्व विभागले भने कात्तिक मसान्तको सोही चटारोबीच कर कार्यालयहरू खुला राख्ने निर्णय गरेको छ ।
विभागका निर्देशक बुद्धिप्रसाद आचार्यले ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय र सबै आन्तरिक राजस्व कार्यालयलाई पत्र लेख्दै कार्यालय खुला राख्ने निर्णय भएको जानकारी गराएका छन् ।
यस दिन राजस्व संकलन गर्ने बैंकसँग समन्वय गरी कार्यालय खुला राख्न र कार्यसम्पादन गर्न विभागले निर्देशन दिएको छ ।
प्रतिक्रिया 4