News Summary
Generated by OK AI. Editorially reviewed.- प्रधानमन्त्री बालेन्द्र शाहको निजी सचिवालयमा मुख्य सल्लाहकारदेखि उपसंयोजकसम्मको भूमिका तोकिएको छ।
- कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार, असीम शाह राजनीतिक सल्लाहकार र जगदीशप्रसाद अग्रवाल स्वास्थ्य सल्लाहकार नियुक्त भएका छन्।
- सञ्जिव पाण्डे, सन्तोष गिरी, विशाल अधिकारी, दिपा दाहाल र विश्व राई संयोजक बनेका छन् भने पाँच जनालाई उपसंयोजक तोकिएको छ।
२९ कात्तिक, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नीजि सचिवालयमा कार्यरतहरूको भूमिका तोकिएको छ । विज्ञको रुपमा कार्यरतलाई संयोजक र उपसंयोजकको जिम्मेवारी दिइएको छ ।
कुमार व्यञ्जनकार प्रधानमन्त्रीका मुख्य सल्लाहकार (अवैतनिक) छन् । मन्त्री सरहको भूमिकामा उनीसहित अन्य दुई जना छन् । राजनीतिक सल्लाहकार असीम शाह र स्वास्थ्य सल्लाहकार (अवैतनिक) मा प्रा.डा. जगदीशप्रसाद अग्रवाल छन् ।
शाह र अग्रवाल पनि मन्त्री सरहको पदीय भूमिका छन् । नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल राज्यमन्त्री सरहको भूमिका रहने गरी नीति, प्रशासन तथा सुशासन सल्लाहकार छन् भने विवेक मिश्रले राज्यमन्त्री सरह हुने गरी सूचना तथा सञ्चार प्रविधि सल्लाहकारका रुपमा कार्यरत छन् ।
प्रधानमन्त्री शाहका दुई जना स्वकीय सचिव सुवास शर्मा राजप्रत्राकिंत विशिष्ट श्रेणीमा कार्यरत छन् भने र नवीन भण्डारी राज पत्राकिंत प्रथम सरह हुने गरी स्वकीय सचिवका रुपमा कार्यरत छन् ।
विषयगत रुपमा पाँच जनालाई संयोजक तोकिएको छ । विकास तथा मन्त्रालयगत समन्वय संयोजकमा सञ्जिव पाण्डे तोकिएका छन् । सन्तोष गिरी अन्तर निकाय समन्वय संयोजक, विशाल अधिकारी सरकारी मामिला तथा योजना समन्वय संयोजक, दिपा दाहाल मिडिया व्यवस्थापन संयोजक र विश्व राई सामाजिक विकास समन्वय संयोजक बनेका छन् । सबै संयोजक राजपत्राकिंत प्रथम श्रेणी सरहको भूमिकामा छन् ।
पाँच जनालाई उपसंयोजक तोकिएको छ । उपसंयोजकहरूमा सुसन गौतम नागरिक उड्ययन समन्वय, रवि किरण अधिकारी सामाजिक विकास समन्वय, प्रकृति ढकाल स्वास्थ्य समन्वय, विनय शाक्य संस्कृति सम्पदा समन्वय र दिपक प्रसाद ओली नीति मस्यौदा अध्ययन तोकिएका छन् । उपसंयोजकहरू राजप्रत्राकिंत द्धितिय श्रेणी सरह रही कार्यरत छन् ।
प्रतिक्रिया 4