+
+
Shares

प्रधानमन्त्रीले भने- हामीले १२५९ प्रियजन गुमायौं, ५०८३ को खोजी जारी छ

उनले लेखेका छन्, ‘यति हुँदाहुँदै पनि हामीले एक हजार २५९ जना प्रियजनलाई गुमाएका छौँ । अझै पनि सम्पर्कविहीन ५ हजार ८३ जनाको खोजी जारी छ ।’ 

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १८ गते २०:४०

१८ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका काम जारी रहेको बताएका छन् । बिहीबार राति फेसबुकमार्फत विपद् प्रतिकार्यबारेको जानकारी दिँदै उनले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएको परिणाम ठूलो संख्यामा उद्धार सम्भव भएको दाबी गरेका हुन् ।

‘हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिसकेका छौँ,’ उनले लेखेका छन्, ‘यति हुँदाहुँदै पनि हामीले एक हजार २५९ जना प्रियजनलाई गुमाएका छौँ । अझै पनि सम्पर्कविहीन ५ हजार ८३ जनाको खोजी जारी छ ।’  सँगसँगै प्रभावित मानिसहरूको विस्तृत तथ्यांक संकलन भइरहेको उनले बताएका छन् ।

यस्तै, प्रभावित भएका जलविद्युत् आयोजनाहरूमा मानिस फसेको आशंकामा खोज तथा उद्धारको प्रयास जारी रहेको प्रधानमन्त्री बालेनले बताएका छन् । ‘नेपाली सेनाको नेतृत्वमा भारत, चीन र कोरियाका विज्ञहरुले काम गरिरहनुभएको छ,’ उनले भनेका छन् ।

बाढीले चीनको केरुङमा फसेका ११४ जना नेपालीलाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपालतर्फ ल्याउन सहजीकरण भइरहेको उनले बताएका छन् ।

‘मालवाहक कन्टेनरहरूलाई भने कोरला नाकाबाट ल्याउने तयारी गरिएको छ,’ प्रधानमन्त्री बालेनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?