+
+
Shares

जुवा खालबाट १९ जना पक्राउ

जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १७:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ललितपुरको गोदावरी नगरपालिका–६ भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ चम्पेश्वरीस्थित घरबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
  • पक्राउ परेकाहरुबाट प्रहरीले ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास बरामद गरेको छ।
  • जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाएको छ।

३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ ।

दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ कै चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो ।

उनीहरुबाट ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास समेत बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?