+
+
Shares

इजरायलद्वारा सिरियाबाट हिज्बुल्लाहतर्फ लगिँदै गरेको हतियार ढुवानीमा आक्रमण

उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १९:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियार ढुवानी लक्षित गरेर जानता क्षेत्रमा राति हवाई आक्रमण गरेको जनाएको छ।
  • लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान बेका क्षेत्रमा इजरायली हवाई आक्रमण भएको र यो पछिल्लो तीन महिनामा त्यहाँ पहिलो आक्रमण भएको जनाएका छन्।
  • लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिकले शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन्।

३० कात्तिक, जेरुसेलम (रासस/सिन्ह्वा) । इजरायली सेनाले सिरियाबाट लेबनानतर्फ हिज्बुल्लाहका लागि लगिँदै गरेको हतियारको ढुवानीलाई लक्षित गरी राति हवाई आक्रमण गरेको जनाएको छ ।

सिरिया र लेबनानको सीमामा पर्ने जानता क्षेत्रमा उक्त आक्रमण गरिएको सेनाले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ । उक्त क्षेत्र विगतमा हतियार तस्करीका लागि प्रयोग हुँदै आएको सेनाको भनाइ छ ।

लेबनानी सञ्चारमाध्यमले सोमबार बिहान उक्त क्षेत्रमा इजरायली हवाई आक्रमण भएको जनाएका छन् । अल जदीद टेलिभिजनका अनुसार पछिल्लो तीन महिनामा बेका क्षेत्रमा भएको यो पहिलो इजरायली आक्रमण हो ।

इजरायली सेनाले हिज्बुल्लाहले युद्धविराम सम्झौताको उल्लङ्घन गर्दै हतियार तस्करी गर्ने र लेबनानभरि लडाकुहरू परिचालन गर्ने गतिविधि जारी राखेको आरोप लगाएको छ । साथै, इजरायल युद्धविरामप्रति प्रतिबद्ध रहेको जनाएको छ ।

यसैबीच, लेबनानी प्रसारक एलबीसीआईका अनुसार सोमबार बिहान करिब ५० इजरायली सैनिक शेबाको बाहिरी क्षेत्रमा प्रवेश गरी हमदान परिवारका दुई दाजुभाइलाई नियन्त्रणमा लिएका छन् । लेबनानी सञ्चारमाध्यमका अनुसार उनीहरूका अर्का भाइलाई इजरायलले एक वर्षभन्दा बढी समयदेखि नियन्त्रणमा राखेको छ ।

इजरायली सेनाले भने उक्त स्थल कारबाहीबारे कुनै प्रतिक्रिया दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?