+
+
Shares

आफूलाई आफैं उपहार दिने चलन बढ्दै, के हो ‘सेल्फ गिफ्टिङ’ ट्रेन्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते ११:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सन् २०२६ को सर्वेक्षणले युवापुस्तामा आफूलाई उपहार दिने ‘सेल्फ गिफ्टिङ’ चलन बढ्दै गएको देखाएको छ।
  • यूगभ–रुकम क्यापिटलका अनुसार करिब ३० प्रतिशत युवाले चाडपर्वमा अरूलाई उपहार दिनुअघि आफूलाई प्राथमिकता दिएका छन्।

आफन्त र पाहुनालाई उपहार दिने परम्परा समाजमा पहिलेदेखि नै चल्दै आएको छ । तर आजकाल मानिसहरूले आफ्नै खुसीका लागि आफैंलाई उपहार दिने प्रचलन समेत सुरु गरिरहेका छन् । हालै गरिएको एक सर्वेक्षणले युवापुस्तामा आफैंलाई उपहार दिने अर्थात् ‘सेल्फ गिफ्टिङ’ गर्ने चलन बढ्दै गएको देखाएको छ।

के हो सेल्फ गिफ्टिङ ?

सेल्फ गिफ्टिङ ट्रेन्ड भनेको अरू कसैले उपहार दिन्छकि भनेर भनेर आश नगरी आफूलाई मन पर्ने कुरा आफैं किन्नु हो । तर यो समान्य सपिङ भन्दा फरक छ । आफूले कुनै काममा सफलता पाउँदा, अपठ्यारा दिन तथा कठिन परिस्थितिहरू पार गर्दा, जन्मदिन तथा कुनै उत्सव वा चाडपर्वमा आफ्ना लागि मनपर्ने कुरा किनेर आफैंलाई पुरस्कृत गर्नु ‘सेल्फ गिफ्टिङ’ हो ।

पछिल्लो समय विशेषगरी युवापुस्ता र कामकाजी व्यक्तिहरूमाझ यो प्रवृत्ति निकै लोकप्रिय बन्दै गएको छ । यस ट्रेन्डमा मानिसहरूले आफ्ना लागि ब्राण्डेड लुगा, जुत्ता, घडी, झोला वा मेकअपका सामान नयाँ फोन, स्मार्टवाच, आफूलाई मनपर्ने पुस्तक, संगीतका समान आदि किन्न प्रचलन छ ।

चाडपर्वमा आफैलाई उपहार

यूगभ–रुकम क्यापिटलले सन् २०२६ मा गरेको सर्वेक्षणअनुसार, करिब ३० प्रतिशत युवाले यस वर्षको चाडपर्वको समयमा अरूलाई उपहार दिनुअघि आफूलाई प्राथमिकता दिएका छन् । आफूलाई उपहार दिने यस प्रवृत्तिमा महँगा ब्याग, कन्सर्टका टिकट, स्पा तथा जिमका भौचरजस्ता सामग्री समावेश छन् ।

तथ्यांकअनुसार, हाम्रो छिमेकी देश भारतमा आफूलाई आफैं उपहार दिने प्रवृत्ति ६० प्रतिशतसम्म बढेको छ । यसमध्ये अनलाइन माध्यमबाट हुने कारोबारको हिस्सा करिब २५ प्रतिशत छ । त्यस्तै, २५ प्रतिशत मानिसले उपहारका नयाँ विकल्प खोज्न एआईको सहयोग लिने गरेका छन्।

व्यक्तिगत रुचिअनुसारका उपहार

युवाहरूले आफ्ना साथीहरूका लागि पनि परम्परागत उपहारभन्दा फरक व्यक्तिगत रुचि र भावनासँग जोडिएका उपहार छनोट गर्न थालेका छन् । यसमा फोटो फ्रेम, नाम लेखिएका किचेन सामग्री वा कप तथा विशेष क्षणका सम्झनायोग्य तस्वीरहरू रहने गरेका छन् ।

त्यस्तै, गिफ्ट कार्ड दिएर साथीहरूलाई आफ्नै रुचिअनुसारका सामग्री किन्न पाउने स्वतन्त्रता पनि दिन थालिएको छ । उपहार छनोटलाई अझ आकर्षक र अर्थपूर्ण बनाउन मानिसहरूले एआई प्रविधिको समेत सहयोग लिने गरेका छन् ।

साथीको नाममा बिरुवा रोप्ने

युवाहरूले साथीहरूलाई भौतिक उपहार दिनुका साथै वातावरणमैत्री तरिका पनि अपनाउन थालेका छन् । यसमध्ये अहिले चर्चामा रहेको एउटा प्रवृत्ति हो– साथीहरूको नाममा बिरुवा रोप्ने।

यो विचारले मित्रता पनि बिरुवाजस्तै हुर्किंदै र फैलिँदै जाओस् भन्ने प्रतीकात्मक सन्देश दिन्छ । ‘ग्रो–ट्रिज’ जस्ता विभिन्न संस्थाले पनि यस्तो अभियानलाई प्रोत्साहन गरिरहेका छन् । यसअन्तर्गत कसैको नाममा रूख रोपेपछि त्यसको प्रमाणस्वरूप ‘ई–ट्री सर्टिफिकेट’ प्रदान गरिन्छ।

वातावरण संरक्षणलाई प्राथमिकता दिनका लागि उपहार राख्न प्रयोग गरिएका बासकलाई पुन: अर्को उपहारका तथा अन्य कामका लागि प्रयोग गर्ने प्रचलन पनि रहेको छ ।

उपहारमा घरपालुवा जनावर पनि

मानिसहरूले परिवार र साथीभाइसँगै घरपालुवा जनावरप्रतिको माया पनि उपहारमार्फत व्यक्त गर्न थालेका छन् । उनीहरूका लागि समेत विशेष र फरक किसिमका उपहार किन्ने चलन बढेको छ ।

‘इट्सी’ नामक अनलाइन प्लेटफर्मका अनुसार, सन् २०२६ मा मानिसहरूले आफ्ना घरपालुवा जनावरका लागि उपहार खोज्ने क्रम दोब्बर भएको छ । यसले घरपालुवा जनावरलाई पनि परिवारकै सदस्यका रूपमा हेर्ने र उनीहरूप्रति माया व्यक्त गर्ने प्रवृत्ति बढ्दै गएको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?