+
+
Shares

अर्घाखाँचीको ठाडादह क्षेत्रमा भेटियो काँडे भ्याकुर

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १२:३०
तस्वीर : डिभिजन वन कार्यालय अर्घाखाँचीको फेसबुक पेजबाट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालमा मात्र पाइने दुर्लभ काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिका–स्थित ठाडादह क्षेत्रमा भेटिएको छ।
  • डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार जिल्लाको दक्षिणी क्षेत्रमा यसअघि काँडे भ्याकुर देखिएको अभिलेख थिएन।
  • सूचना अधिकारी केसर खड्काले यो चरा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

१ मंसिर, अर्घाखाँची । नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित ठाडादह क्षेत्रमा भेटिएको छ ।

डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार, यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख थिएन । ठाडादह क्षेत्रमा यो चरा भेटिनुले अर्घाखाँचीको वन तथा प्राकृतिक बासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए ।

अंग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुर नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ । नेपालमा मात्र पाइने यो चरा विश्वकै दृष्टिले पनि विशेष महत्व राख्ने प्रजातिमध्ये एक हो ।

काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बसोबास गर्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने यसको स्वभावका कारण यसलाई सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति देखिनु पक्षी अध्ययन र जैविक विविधताको अभिलेखीकरणका दृष्टिले महत्वपूर्ण मानिन्छ ।

वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको विनाश र मानवीय गतिविधिले यस्ता चराको बासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काको भनाइ छ ।

ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनु केवल एउटा दुर्लभ चराको उपस्थितिको विषय मात्र नभई अर्घाखाँचीको प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचानसँग जोडिएको विषय पनि हो। यसले जिल्लामा पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनालाई समेत थप उजागर गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?