+
+
Shares

रुसमा सैन्य कार्गो विमान दुर्घटना, १९ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ८:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • रुसको साइबेरियास्थित केमेरोभो क्षेत्रमा एएन-१२ सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ।
  • रुसी रक्षा मन्त्रालयका अनुसार नियमित उडानका क्रममा सुनसान क्षेत्रमा दुर्घटना भएको थियो, र प्रारम्भिक रूपमा प्राविधिक गडबडीलाई सम्भावित कारण मानिएको छ।
  • स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको बताए र घटनास्थलमा आगो निभाइएको जानकारी दिए।

२ मंसिर, काठमाडौं । रुसको साइबेरियामा सैन्य कार्गो विमान दुर्घटना हुँदा विमानमा सवार सबै १९ जनाको मृत्यु भएको छ ।

रुसी सरकारी सञ्चारमाध्यमले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै मंगलबार नियमित उडानको क्रममा केमेरोभो क्षेत्रको सुनसान क्षेत्रमा एएन-१२ विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक रूपमा प्राविधिक गडबडी दुर्घटनाको सम्भावित कारण भएको आशंका गरिएको छ । दुर्घटनाबारे रुसी उड्डयन अधिकारीहरूले अनुसन्धान सुरु गरेका छन् ।

स्थानीय गभर्नर इल्या सेरेड्युकले विमान यागुनोभो गाउँ नजिकै दुर्घटनाग्रस्त भएको बताए । आपतकालीन टोलीहरूले घटनास्थलमा आगो तुरुन्तै निभाएका थिए ।

घटनास्थल पुगेका सेरेड्युकले हेलिकप्टर र चिकित्सा सुविधाहरू तयारी अवस्थामा रहेको बताए । उनले अब मुख्य काम अनुसन्धानकर्ताहरूलाई सहयोग गर्नु रहेको बताए।

विमानमा कुनै सामान लोड गरिएको थियो कि थिएन भन्ने कुरा स्पष्ट भइसकेको छैन ।

रुसी सेनाले हतियार र कर्मचारी ढुवानीका साथै खोज तथा उद्धार कार्यका लागि एएन-१२ विमान प्रयोग गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?