+
+
Shares

त्रिभुवन विमानस्थलबाट करिब २ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका छन् ।
  • हङकङबाट नेपाल वायु सेवा निगमको उडान आरए४१०मार्फत काठमाडौं आएका वाङलाई मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
  • विमानस्थलको चेकिङ क्षेत्र पार गरिसकेपछि पक्राउ परेका वाङलाई बरामद सुनसहित गौचरणस्थित भन्सार कार्यालयमा पठाइएको छ ।

२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

मंगलबार मध्यराति १ बजेर २५ मिनेट जाँदा एक किलो ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

हङकङबाट नेपाल वायु सेवा निगमको उडान नं. आरए४१०मार्फत त्रिभुवन विमानस्थल अवतरण भएका चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन् ।

विमानस्थलको भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका वाङलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका व्यक्तिलाई अनुसन्धानका लागि बरामद गरिएको सुनसहित त्रिभुवन विमानस्थलको गौचरस्थित भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?