+
+
Shares

वाईफाई नेपालले ल्यायो आफ्नै मोबाइल एप, इन्टरनेटका सबै सुविधा मोबाइलबाटै

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १४:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाईफाई नेपालले ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन र प्रयोगमा सहजता दिन आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ।
  • एपमार्फत ग्राहकले भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, राउटर तथा नेटटिभी जानकारी हेर्न सक्नेछन्।
  • इन्टरनेटमा समस्या आएमा एपबाट सहयोग अनुरोध पठाउन सकिने र एप गुगल प्ले स्टोरमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

२ मंसिर, काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वाईफाई नेपालले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ। ग्राहकलाई इन्टरनेट सेवा व्यवस्थापन तथा प्रयोगमा सहजता प्रदान गर्ने उद्देश्यले कम्पनीले एप सञ्चालनमा ल्याएको हो।

एपमार्फत ग्राहकले इन्टरनेटको भुक्तानी विवरण हेर्न, वाइफाइको नाम र पासवर्ड परिवर्तन गर्न, इन्टरनेटमा जोडिएका उपकरणको विवरण तथा प्रयोगको अवस्था थाहा पाउन सक्नेछन्।

त्यस्तै, नेटटिभी तथा राउटरसम्बन्धी जानकारी हेर्न र इन्टरनेटमा समस्या आएमा समाधानका लागि सहयोग अनुरोध (सपोर्ट टिकट) पठाउन सकिने कम्पनीले जनाएको छ।

एप सञ्चालनमा आएसँगै सामान्य जानकारी तथा सेवाका लागि कम्पनीमा बारम्बार फोन गर्नुपर्ने बाध्यता कम हुने र ग्राहकले आवश्यक सेवा आफ्नै मोबाइलबाट प्राप्त गर्न सक्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीका अनुसार वाईफाई नेपालको मोबाइल एप हाल गुगल प्ले स्टोरमा उपलब्ध छ। ग्राहकले त्यहाँबाट एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?